साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौँडा अहिले पनि थोत्रो ट्रक चलाउँदै छ

तपाईं नोबेल पुरस्कार लिएर आउनोस् हेटौँडाले ‘स्याबास !’ भन्दैन तपाईं सगरमाथा टेकेर फर्कनोस् हेटौँडाले बधाई दिँदैन । तपाईं लडाइँ जित्नोस् हेटौँडालाई केही फरक पर्दैन ।

Nepal Telecom ad

तपाईं मीठो गीत गाउनोस्
हेटौँडाले कान थाप्दैन
तपाईं सुन्दर कविता पढ्नोस्
हेटौँडाले वास्ता गर्दैन
तपाईं उत्कृष्ट खेल खेल्नोस्
हेटौँडाले मुन्टो फर्काउँदैन
तपाईं कणर्प्रिय धुन सुनाउनोस्
हेटौँडाले ‘आहा !’ भन्दैन
यो बत्तिमुनिको शहर हेटौँडा
अँध्यारै रूचाउँछ
अँध्यारैमा बस्न मन पराउँछ
यो ड्राइभर खलासीको शहर हेटौँडा
छेउमा बाइफालेहरू च्यापेर
लोकल ठर्राले घाँटी भिजाउँदै
बाइरोडको बाटोमा
अहिले पनि थोत्रो ट्रक चलाउँदै छ ।

तपाईं नोबेल पुरस्कार लिएर आउनोस्
हेटौँडाले ‘स्याबास !’ भन्दैन
तपाईं सगरमाथा टेकेर फर्कनोस्
हेटौँडाले बधाई दिँदैन
तपाईं लडाइँ जित्नोस्
हेटौँडालाई केही फरक पर्दैन
तपाईं हेटौँडालाई धपक्क बाल्नोस्
हेटौँडा अहँ ! चलमलाउँदैन
यो आदिम शहर हेटौँडा
आदिमताको पर्खाल लाउन व्यस्त छ
यो मुर्दाशहर हेटौँडा
मसानघाटमा मुर्दा कुर्न अभ्यस्त छ
यो ड्राइभर खलासीको शहर हेटौँडा
लिलामी सामानहरू बोकेर
‘छोरीभन्दा आमा तरूनी’ गाउँदै
उबडखाबड बाटोमा
अहिले पनि थोत्रो ट्रक चलाउँदै छ ।

हेटौँडाको छाती ढुकुरको जत्रो छ
हेटौँडाको मन ढुङ्गाभन्दा पनि साह्रो छ
हेटौँडालाई चिमोट्नोस् अहँ ! दुख्दैन
हेटौँडालाई गाली गर्नोस् अहँ ! इखिँदैन
हेटौँडा मान्छे मर्दा पनि रूँदैन
हेटौँडा मान्छे रमाउँदा पनि हाँस्दैन
भोलि कसलाई फसाउने
हेटौँडा रातभरि जाल बुन्छ
भोलि कसलाई खसाउने
हेटौँडा रातभरि खाडल खन्छ
दलेर अबिर उमङ्गको
हेटौँडा कहिले पनि रमाएन
खुट्टा नतानेको कमाइ
हेटौँडाले कहिले पनि खाएन
यो ड्राइभर खलासीको शहर हेटौँडा
भुसतिघ्रे पेसिन्जरहरू कोचेर
कर्कश हर्न बजाउँदै
खाल्टाखुल्टी बाटोमा
अहिले पनि थोत्रो ट्रक चलाउँदै छ ।

हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x