सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुर्सी महिमा

यहाँ स्वार्थ मिल्ने बसे देश बाली । कला,धर्म,भाषा सबै यी पखाली । छ कार्पेट रातो पँजेरो र गाडी । सही कष्ट कैयौं युवा पस्छ खाडी ।

Nepal Telecom ad

थियौ चोर जो जो बनेको छ कुर्सी ।
मिलेको छ लोप्पा झरेको छ फुर्ती ।।
गरी काम राम्रो यिमीले चिनायौ ।
थियो सत्यको वाद आफै छिनायौ ।।

यहाँ देश सारा बसेको छ रोई ।
भयो जिल्ल आफै खुसीमा छ कोही ।।
फलेको छ नारा हजारौं र लाखौं ।
थियो स्वाद कस्तो सबै आज चाखौ ।।

लिची रोप्न खोजे फलेको छ अम्बा ।
पसी राजधानी ढलेको छ खम्बा ।।
कहीँ आँप फल्दै थियो बोट सानो ।
बने देश घाती सबैको अचानो ।।

यहाँ स्वार्थ मिल्ने बसे देश बाली ।
कला,धर्म,भाषा सबै यी पखाली ।।
छ कार्पेट रातो पँजेरो र गाडी ।
सही कष्ट कैयौं युवा पस्छ खाडी ।।

बने राज छोटे महाराज राजा ।
महङ्गी बढेको भयो देश धाँजा ।।
बिगार्ने तिमी हौ यहाँ नीति सारा ।
पुगे गाउँमा लुक्न ती भातमारा ।।

थियो राज कुर्सी बचायौ तिमीले ।
सबै देश बेची पचायौ तिमीले ।।
म गर्दैछि बिन्ती तिमी भाग्य दाता ।
पुजेको छु कुर्सी तिमी हौ बिधाता ।।

पाटन २ सिलंगा,बैतडी
हालः-पहलमानपुर,कैलाली

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सहरिया काकी

सहरिया काकी

हेमराज पन्त
ढेवा महिमा

ढेवा महिमा

हेमराज पन्त
विडम्बना

विडम्बना

हेमराज पन्त
छायातन्त्र

छायातन्त्र

हेमराज पन्त
नियतिको लीला

नियतिको लीला

हेमराज पन्त
हन्तकाली

हन्तकाली

हेमराज पन्त
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने