साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बालिन्द्रे

काठमाडौँलाई काठमाडौँजस्तै बनाउँछु पो भन्छ ए ! देशविदेशमा मगमग बास्ना चलाउँछु पो भन्छ ए !

Nepal Telecom ad

आऊ यो बालिन्द्रेको
सत्तोसराप गरौं
तथानाम भनौं
खुइल्याउनुसम्म खुइल्याउँ
नङ्याउनुसम्म नङ्ग्याउँ
किनकी यो बालिन्द्रे हो ।

झिँगो मारेदेखि डिँगो मारेसम्म
खालो सारेदेखि कोठा सारेसम्म
छाप्रोदेखि नाकमा लागेको सिँगानको पाप्रोसम्म
जात-भात, वणर्, भूगोल, विचारदेखि प्रचारसम्म
लाउनुसम्म खोट लगाउँ
सकिन्छ चोटै लगाउँ
किनकी यो बालिन्द्रे हो ।

यसलाई चुनावमा उठ्नै नदिउँ
उठिहाल्यो !
प्रचारप्रसार गर्नै नदिउँ
गरिहाल्यो !
जित्नै नदिउँ
जितिहाल्यो !
अब चाहिँ
हिंड्न खोजे
हिँड्नै नदिउँ
कुद्न खोजे
कुद्नै नदिउँ
लक्ष्यमा पुग्न खोजे
पुग्नै नदिउँ
किनकी यो बालिन्द्रे हो ।

यसको न थर काठमाडौँको छ
न घर काठमाडौँको छ
न जात काठमाडौँको छ
न विचार काठमाडौँको छ
न भाषा काठमाडौँको छ
त्यसैले उसलाई यहाँ टिक्नै नदिउँ
उसका कुरा बिक्नै नदिउँ ।
किनकी यो बालिन्द्रे हो ।

काठमाडौँलाई काठमाडौँजस्तै बनाउँछु पो भन्छ ए !
देशविदेशमा मगमग बास्ना चलाउँछु पो भन्छ ए !
काठमाडौँमा फोहर गनाएन भने
सडक धुलैधुलो बनाएन भने
गाडीको जाम हट्यो भने
मान्छेको चाम घट्यो भने
यो के काठमाडौँ ?
त्यसैले दलले विरोध गरौं
दलदलले विरोध गरौं
सत्तोसराप गरौं
उधिन्नुसम्म उधिनौं
र गरिखान नसक्ने बनाउँ
किनकी यो बालिन्द्रे हो ।
धन्यवाद !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
0
Would love your thoughts, please comment.x
()
x