साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टेको

मक्किए पनि र, लडे पनि बाँसको खुट्टामा हिँड्न बानी परेकाहरू कति सजिलै उभिँदारहेछन्- बाँसे खुट्टामा ।

Nepal Telecom ad

म सानो छँदा
गाउँका दाइहरू
बाँसका टुप्पा काट्थे
आँख्ला राख्थे
र, तिनै आँख्लामा टेकेर
हिँड्थे, टुकुटुकु ।

कयौँ पटक
तिनै बाँसका खुट्टाहरू चोरेर
हिँड्न खोजेको छु- म पनि
र, कयौँ पटक
लडेको छु- बासँका खुट्टामा नअडिएर ।

देख्दा रमाइलो हुँदोरहेछ
बाँसका खुट्टामा हिँड्न
सुन्दा अनौठो हुँदोरहेछ
बाँसका खुट्टा टेकेर हिँड्नु ।

सर्कसमा बाँसका खुट्टा टेकेर हिँडेको
देखेको छु- मैले
सर्कसमै दर्शकले रमाई रमाई हेरेको
देखेको छु- मैले
बाँसे खुट्टामा बानी पर्नेहरू
कति सजिलै अड्दारहेछन्- टेकोमा
बाँसे खुट्टामा भर पर्नेहरू
कति सजिलै चड्दारहेछन्- टेकोमा ।

बाँसका खुट्टा टेकेर हिँड्नेहरू
सक्दारहेनछन्- भुइँमा खुट्टा टेक्न ।

आज बुझ्दैछु-
आधार नभए पनि
मक्किए पनि
र, लडे पनि
बाँसको खुट्टामा हिँड्न बानी परेकाहरू
कति सजिलै उभिँदारहेछन्- बाँसे खुट्टामा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्नि उत्सव

अग्नि उत्सव

भावकेशर बराल
बुद्ध र आगो

बुद्ध र आगो

भावकेशर बराल
मायाको बिस्कुन

मायाको बिस्कुन

भावकेशर बराल
शहीदलाई प्रश्न

शहीदलाई प्रश्न

भावकेशर बराल
आउनुभो यस बस्तीमा ?

आउनुभो यस बस्तीमा ?

भावकेशर बराल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x