सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

टेको

मक्किए पनि र, लडे पनि बाँसको खुट्टामा हिँड्न बानी परेकाहरू कति सजिलै उभिँदारहेछन्- बाँसे खुट्टामा ।

Nepal Telecom ad

म सानो छँदा
गाउँका दाइहरू
बाँसका टुप्पा काट्थे
आँख्ला राख्थे
र, तिनै आँख्लामा टेकेर
हिँड्थे, टुकुटुकु ।

कयौँ पटक
तिनै बाँसका खुट्टाहरू चोरेर
हिँड्न खोजेको छु- म पनि
र, कयौँ पटक
लडेको छु- बासँका खुट्टामा नअडिएर ।

देख्दा रमाइलो हुँदोरहेछ
बाँसका खुट्टामा हिँड्न
सुन्दा अनौठो हुँदोरहेछ
बाँसका खुट्टा टेकेर हिँड्नु ।

सर्कसमा बाँसका खुट्टा टेकेर हिँडेको
देखेको छु- मैले
सर्कसमै दर्शकले रमाई रमाई हेरेको
देखेको छु- मैले
बाँसे खुट्टामा बानी पर्नेहरू
कति सजिलै अड्दारहेछन्- टेकोमा
बाँसे खुट्टामा भर पर्नेहरू
कति सजिलै चड्दारहेछन्- टेकोमा ।

बाँसका खुट्टा टेकेर हिँड्नेहरू
सक्दारहेनछन्- भुइँमा खुट्टा टेक्न ।

आज बुझ्दैछु-
आधार नभए पनि
मक्किए पनि
र, लडे पनि
बाँसको खुट्टामा हिँड्न बानी परेकाहरू
कति सजिलै उभिँदारहेछन्- बाँसे खुट्टामा ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आउनुभो यस बस्तीमा ?

आउनुभो यस बस्तीमा ?

भावकेशर बराल
नेताजी

नेताजी

भावकेशर बराल
बुख्याचाहरू

बुख्याचाहरू

भावकेशर बराल
अभाव

अभाव

भावकेशर बराल
असार पन्ध्र

असार पन्ध्र

भावकेशर बराल
चुनावपछि

चुनावपछि

भावकेशर बराल
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही