सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आज आफैँसँग सोध्न मन लागेको छ

मैले मित्रता फेरेँ कि उनीहरूले ? आज आफैँसँग सोध्न मन लागेको छ मैले गीत उल्टाएँ कि उनीहरूले ?

Nepal Telecom ad

हिजो हिँडेको बाटो
ठीक थियो कि बेठीक थियो ?
हिजो फेरेको सास
सुगन्धित थियो कि दुर्गन्धित थियो ?
हिजो देखेको संसार
उज्यालो थियो कि अँध्यारो थियो ?
हिजो गाँसेको मित्रता
नजिक थियो कि टाढा थियो ?
आज आफैँसँग सोध्न मन लागेको छ
हिजो गाएको गीत
सुन्दर थियो कि रद्दी थियो ?

बाटो हिँड्नेहरू हिजोका
आज अर्कै बाटो हिँड्दै छन्
र हिजैको बाटो भन्दै छन्
सास फेर्नेहरू हिजोका
आज अर्कै सास फेर्दै छन्
र हिजोकै सास भन्दै छन्
संसार देख्नेहरू हिजोका
आज अर्कै संसार देख्दै छन्
र हिजैको संसार भन्दै छन् ।

मित्रता गाँस्नेहरू हिजोका
आज अर्कै मित्रता गाँस्दै छन्
र हिजैको मित्रता भन्दै छन्
गीत गाउनेहरू हिजोका
आज अर्कै गीत गाउँदै छन्
र हिजैको गीत भन्दै छन् ।

मैले बाटो बिराएँ कि
उनीहरूले ?
मैले सास बदलेँ कि
उनीहरूले ?
मैले संसार साटेँ कि
उनीहरूले ?
मैले मित्रता फेरेँ कि
उनीहरूले ?
आज आफैँसँग सोध्न मन लागेको छ
मैले गीत उल्टाएँ कि
उनीहरूले ?

हेटौडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही