साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज आफैँसँग सोध्न मन लागेको छ

मैले मित्रता फेरेँ कि उनीहरूले ? आज आफैँसँग सोध्न मन लागेको छ मैले गीत उल्टाएँ कि उनीहरूले ?

Nepal Telecom ad

हिजो हिँडेको बाटो
ठीक थियो कि बेठीक थियो ?
हिजो फेरेको सास
सुगन्धित थियो कि दुर्गन्धित थियो ?
हिजो देखेको संसार
उज्यालो थियो कि अँध्यारो थियो ?
हिजो गाँसेको मित्रता
नजिक थियो कि टाढा थियो ?
आज आफैँसँग सोध्न मन लागेको छ
हिजो गाएको गीत
सुन्दर थियो कि रद्दी थियो ?

बाटो हिँड्नेहरू हिजोका
आज अर्कै बाटो हिँड्दै छन्
र हिजैको बाटो भन्दै छन्
सास फेर्नेहरू हिजोका
आज अर्कै सास फेर्दै छन्
र हिजोकै सास भन्दै छन्
संसार देख्नेहरू हिजोका
आज अर्कै संसार देख्दै छन्
र हिजैको संसार भन्दै छन् ।

मित्रता गाँस्नेहरू हिजोका
आज अर्कै मित्रता गाँस्दै छन्
र हिजैको मित्रता भन्दै छन्
गीत गाउनेहरू हिजोका
आज अर्कै गीत गाउँदै छन्
र हिजैको गीत भन्दै छन् ।

मैले बाटो बिराएँ कि
उनीहरूले ?
मैले सास बदलेँ कि
उनीहरूले ?
मैले संसार साटेँ कि
उनीहरूले ?
मैले मित्रता फेरेँ कि
उनीहरूले ?
आज आफैँसँग सोध्न मन लागेको छ
मैले गीत उल्टाएँ कि
उनीहरूले ?

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x