साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुरे नेताका भुरे हुङ्कार !

नेतातन्त्र ‘सुमन्त्र’ यन्त्र -युगको, मानेर हिंड्ने गर । धेरै लेख्न र बोल्न हुन्न दलमा, मात्रै प्रशंसा भर ।

Nepal Telecom ad

हाम्रा केस त्यसै फुलेन पछुवा, के धम्की दिन्छौ यहॉ ?
पार्टी सुदृढ गर्न ऑट -खतरा, मोल्यौं छरी चेतना ।।
हामी अक्षम वा अकर्मठ भनी, निष्ठा घटायौ किन ?
हल्लाखोर भएर ढोलक पिटी, चल्ला करायौ किन ? ।।१।।

हामी जेल बस्यौं र भारत पस्यौं, तिम्रा उमेरै जति ।
राम्रा जागिर वा मनोनयन हुने, मौका चुकायौंं कति ?
छोड्यौं जो व्यवसाय-उद्यम थिए, मोल्यौं चुनौती भल ।
हामी ‘शीर्ष’ सुतीर्थ संम्झ पछुवा ! हौं बाग्मती कै जल ।।२।।

बोली बुझ्न सकिन्न दर्शन नयॉ, व्याख्या र विश्लेषण ।
क्यै छैनन् नव-योजना समयमा, गर्दैन संबोधन ।।
मात्रै छन् प्रतिवाद वा प्रतिक्रिया, खै वादका लालिमा ?
भन्ने प्रश्न नगर्नु सेवक कतै, कम्जोर वा कालिमा ।। ३।।

हामी व्याज र स्याज टन्न भकुरी, जूरे सधैं बन्दछौं ।
सॉढे हौं दलमा बुझ्यौ नव-युवा ! पाले अरु ठान्दछौं ।।
हामी यै पद-मान-शान बटुली, प्रश्वास चल्दातक ।
ढाडे बन्न सकौं न बोल पछुवा, हामी लुला -चिन्तक ।।४।।

नाताका जनता कमीसन दिने, ठेक्दार वा तस्कर ।
हाम्रा स्नेह-सुपात्र हुन्, अनुज हो ! धेरै न खोक्नू अब ।।
नेतातन्त्र ‘सुमन्त्र’ यन्त्र -युगको, मानेर हिंड्ने गर ।
धेरै लेख्न र बोल्न हुन्न दलमा, मात्रै प्रशंसा भर ।।५।।

टेढो लोचनले न हेर पछुवा, आलोचना छोड है ।
धैर्यै धैर्य लिएर बस्नु पछुवा ! जिब्रो छिटो मोड है ।।
छाडा यी थुतुनु लगाम दरिलो, लाएर ठण्डा गर ।
‘नेता’ सक्षम धर्मराज दलको, भन्दै प्रशंसा भर ।। ६।।

सेतै केस भए मुजा मुख परी, ऑखा नदेख्ने हुॅदा ।
लौरो साथ लिएर ढल्पल भई, बूढोपयोले छुॅदा ।।
पार्टी भन्दछ यो तरुण दलको, खम्बा र अम्बा भयो ।
‘तन्नेरी’ पद नै निचोरिन गई, व्याख्या अनौठो भयो ।। ७।।

अग्ला ‘वाद’ विवाद-घात हुन गै, आवाद भो स्वार्थको ।
दामै दाम कमाउने र सुखमा, बॉच्ने अनर्थै भयो ।।
राम्रा योग्य हटाउने अनि सबै, हाम्रा अयोग्यै भरी ।
चाम्रा यी अगुवा उडूॅस-उपियॉ, किर्ना र जुम्रा सरी ।।८।।

बीपी-सिंह-सुवणर्-सन्त कतिका, तर्बार ढालै बने ।
नेपाली जनता स्वदेश—ममता, ढासा र ढर्रा भए ।।
दाताका अनुदान शीर्ष गणका, खाना र नाना हुॅदै ।
डुब्दैछौंं जनता विदेश ऋणमा, आकाशलाई छुॅदै ।। ९।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x