साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिण्ड स्थाने पिण्डम् !

बने खाेयाकाे नै भवन शिशुका खेलसरि भाे । अकालैमा लड्छन् सदन झगडाकाे घर बन्याे ।। सधैँ कर्जा काढी मुलुक ऋणमा धस्सिनि भयाे । नयाँ पुस्ता धेरै परमुलुकमा भास्सिन गयाे ।।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

पुरानै थोत्रा वा डनपति धनी भ्रष्ट कुजन।
नयाँ चैते थप्दै बिटुलिन गए सङ्घ गठन ।।
विचारै सिध्याई, फगत धनकै धाक छ ठुलो ।
कयौ योध्दा गुल्टे, दलबल भए क्षीण र धुलाे।।

मरे निष्ठा आस्था सहिद सपनाका हित कुरा ।
भए खाेक्रा छाेक्रा, दिनदिन ठुला वामन लुला ।।
कठै ! थारा नारा नरटन यहाँ कर्णकटु भो ।
उनै सामन्तीका रगत बल नै वाक्पटु छ पाे ।।

तिनै पापी रापी,उडुस उपियाकै, जय हुने ।
जुका लाम्खुट्टे नै, दल बल बनी,चुन्निन पुगे ।।
चुनावी यो खेला, धन र डनकै, फेरबदली ।
जुलुङ्गा नाङ्गामा, मत नदिनु साथी भ्रम परी ।।

बने खाेयाकाे नै भवन शिशुका खेलसरि भाे ।
अकालैमा लड्छन् सदन झगडाकाे घर बन्याे ।।
सधैँ कर्जा काढी मुलुक ऋणमा धस्सिनि भयाे ।
नयाँ पुस्ता धेरै परमुलुकमा भास्सिन गयाे ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x