साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइँला देशमा आइहाल्

मात्र पार्टीको झोला बोक्नुपर्छ जे पनि दिन्छु भनेर भाषणमा खोक्नुपर्छ विरोधीलाई ठोक्नुपर्छ सकेसम्म तिनलाई रोक्नुपर्छ ।

Nepal Telecom ad

साइँला,
ए साइँला
देशमा आइहाल्
साइँला,
अब अलि गम्भीर भएर
सोच विचार गर्

उ बेलाको जति अब
आतङ्क छैन गाउमा
चन्दाआतङ्कहरूका आँखा
अब छन् ब्याजमा र साँउमा
गाउँ दुख गर्नु पर्ने हुनाले
पुगिसके अब गतिला ठाउमा
यसैले-
अलिक कम भएको छ डर
मेसो मिलाएर अब फर्की घर ।
हेर् साइँला,
अपहरण अलि हटेका छन्
सुराकीको बहानामा
बेपत्ता पार्ने काम पनि
अलि घटेका छन्
गाउँमा आतङ्क मच्चाउने पनि
अब सहरतिरै खटेका छन्
ठुला माफियासँगै अटेका छन्
देश बनाउने काममा डटेका छन्
भने हेर् साइँला
अब विदेश नबस्
मेसो मिलाएर देशमै पस् ।

हेर् साइँला
उबेलाका प्रभुका
रेस्टुराँ र बार खुलिसके
दरबारसँग पनि डर कम भो
कमरेटहरू पनि अब खुलिसके
रेस्टुराँतिर झुलिसके
वाराङ्गनातिर भुलिसके
बेला पनि भो नि त
अब फुलिसके।
हेर् साइँला,
अब नगरेको कुरामा
भासिनु पर्ने भास
कम भएको छ
गाउँको त्रास
माथितिरै गएको छ
अब गारो छैन
मात्र पार्टीको झोला बोक्नुपर्छ
जे पनि दिन्छु भनेर
भाषणमा खोक्नुपर्छ
विरोधीलाई ठोक्नुपर्छ
सकेसम्म तिनलाई रोक्नुपर्छ
हेर् साइँला अब आइज
देशले तिमीहरू जस्ता झोले युवक मागेको छ
तिमी जस्तो युवाको जोस जागेको छ
देश उकालो लागेको छ
हेर् साइँला
छिटै देशमा आइहाल्
पार्टीको झोला समाइहाल् ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
आधुनिक कविता

आधुनिक कविता

डा. रामप्रसाद ज्ञवाली
तुइन

तुइन

डा. अमर गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
0
Would love your thoughts, please comment.x
()
x