नन्दलाल आचार्यइमान
स्कूलमा ढिलो जाँदा सरमिसले उठबस गराउँदा रहेछन् । सबैको सामु गर्दा इज्जत जाने हुँदा एकान्तमै उठबस गरेकी रहिछन् ।
“एक, दुई, तीन ——चालीस !” स्वाँस्वाँ र फ्याँफ्याँ गर्दै गजल नानी गन्दै थिइन् । किन गनेकी होलिन् भनेको त उठबस पो गरेकी रहिछन् ।
उनको अनुहारमा विस्मातका रेखाहरू एउटै थिएनन् । बदलामा निर्दोषको रङ भने चहकिलो थियो । उनलाई उठबस गराउने वा गर्न वाध्य पार्ने त्यहाँ कोही पनि मौजुद थिएन ।
“मामू, अब ढुक्क भएँ । अब कुनै टेन्सन छैन । इज्जत अफ्नै गोजीमा रहन्छ । सबैका सामु चौरीमा छर्न पर्दैन ।” उनले मनको खुशी मुखबाट ध्वनिका साथ बाहिर निकालिन् ।
“तिमीले उठबस गरेर के तमासा गरेकी ?” मेरो प्रश्न भुईँमा बिलाउनासाथ उनको आवाज सुनियो; “इमान्दारी देखाएकी ।”
कुरो कोट्याउँदै जाँदा बुझियो- स्कूलमा ढिलो जाँदा सरमिसले उठबस गराउँदा रहेछन् । सबैको सामु गर्दा इज्जत जाने हुँदा एकान्तमै उठबस गरेकी रहिछन् । उनी बोलेको गर्ने र गरेको बोल्ने विद्यार्थी भनी चिनिदिरहिछन् ।
किनभने त्यस दिन उनलाई स्कुल जान ढिलो भइसकेको थियो ।
सिर्जनाकुटी, सिरहा ।
Subscribe
Login
0 Comments
Oldest







































