साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुन्द्रुक म

म दिनप्रतिदिन अमिलो बन्दै गएँ खाँदिदै गएँ कहिले आफ्नै शाखा सन्तानले खाँदे खँदारे राज्यका तर्फबाट पनि खाँद्यो खँदार्‍यो ।

Nepal Telecom ad

गुन्द्रुक बनाउन धरामा मिलाए
म गुन्द्रुक योग्य कलिलो साग बने
सागले जति सुख पाए पनि उसको अन्तिम जुनी नै गुन्द्रुक
खाद्ने खँदार्ने क्रम सुरु भयो
माक्कमुक्क पाक्कपुक्कको दैनिकी पचाउन सिकें
आफन्त इस्टमित्रले खाँदे खँदारे
म हजार हण्डर खाँदै बज्र शालीग्राम खन्न लागेँ
जब गज्जबको साग तुलिएँ
अनि श्रीमतीबाट खाँदिन सिन्की बन्न लालायित भएँ
मेरो ताल देखेर कसैले गाई भने त कसैले गोरु
भार्याले हरकाणेबाट गुन्द्रुक बनाउन अथक प्रयत्न गरिन्
ससुराली सबैले गुन्द्रुक बनाउन आनन्द माने
म दिनप्रतिदिन अमिलो बन्दै गएँ खाँदिदै गएँ
कहिले आफ्नै शाखा सन्तानले खाँदे खँदारे
राज्यका तर्फबाट पनि खाँद्यो खँदार्‍यो
छिमेकी इस्टमित्रले फुटेका खस्रा बाङ्गा बाङ्गा खुट्टाले खाँदे
बोली बचन र व्यवहारले खाँदे
बक्सिन, मुड्की, हत्केला र कुर्कुच्चाले खाँदे
सज्जन दूर्जनले गक्ष्य र लक्ष्य अनुसार खाँदे
शरीरमा भएको जिवीतांशको सारा अवयवलाई ध्वस्त पारे
थिची थिची बटारी बटारी रस निखारे
मेरो आत्माको अस्तित्व नष्ट गर्न
टन्टलापुरे घाममा बिस्कुन सुकाइयो
वस्तुको अस्तु र अस्तित्व बदल्न
पाँच सात दिन खाल्डामै खँदारेर राखे
ढुङ्गा सिलौटा र लोहोराले थिचे
लक्ष्यमा पुगेको ठानेर हो क्यार
ढक्कन खोलेर सुँगे सुम्सुम्याए र चाटे
मत ग्रहणयोग्य स्वादिष्ट जिब्रो पड्किने गुन्द्रुक भएछु ।

शिवशक्ति मार्ग, फूलबारी-११
पोखरा, कास्की
फोन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x