साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चौथो अनेसास च्याप्टर सम्मेलन सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार र आइतबार चौथो च्याप्टर सम्मेलनको आयोजना गरेको छ ।

Nepal Telecom ad

बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार र आइतबार चौथो च्याप्टर सम्मेलनको आयोजना गरेको छ । अनेसासले आफ्ना च्याप्टर र केन्द्र बिच सुमधुर सम्बन्ध बनाएर नेपाली भाषा र साहित्यको विश्वव्यापी बिस्तारका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने अभियानलाई योजना बनाएर कार्य गर्न यस किसिमको सम्मेलन गर्ने गरेको छ ।

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा सम्पन्न सो सम्मेलनको विभिन्न सत्रमा प्रमुख अतिथिका साथमा अनेसास अध्यक्ष प्रकाश पौडेल माइला , बिओटी सभापति गीता खत्री, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्षद्वय पदम विश्वकर्मा र मोहन सिटौला , बीओटी सल्लाहकार रोहिणी शर्मा, साहित्यकार गोविन्दसिंह रावत, दिनार श्रेष्ठ, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, उपाध्यक्ष सुनिल संगम, राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, सचिव विमला निरौला, कोषाध्यक्ष कृष्ण गिरी, सदस्यहरू दीप पाठक, निजानन्द मल्ल, डा. रेणुका सोलु, प्रमोद सारंग, महेश्वर शर्मालगायतले मन्तव्य राख्नुका साथै सहभागिता जनाए ।

कार्यक्रममा बिओटी कोषाध्यक्ष राम लामा अविनाशी, बिओटी सदस्य तीर्थराज अधिकारी, महिला समिति संयोजक उर्मिला निर्दोषी,दर्पणमा प्रधान सम्पादक लालगोपाल सुवेदी, अनेसास बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुन, मदनराज थापालगायतले मन्तव्य राखे ।

अनेसासका च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरू र आजीवन सदस्यहरूको उल्लेख्य सहभागीता रहेको उक्त कार्यक्रममा अस्ट्रेलिया, युरोप, एसिया, अफ्रिका र उत्तर अमेरिका महादेशका सयभन्दा बढि प्रतिनिधिहरूको प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रममा बिओटी उपाध्यक्ष पुरु सुवेदी, डा. केशव शर्मा, हरिमाया अधिकारी, राजु सिटौला, कमला न्यौपाने, राजन महर्जन, डन कार्की, रविन शर्मा, सरिता अर्याल, ईश्वर बगाले, किरण अधिकारी, तारा उप्रेती, ललिता जोशी क्षेत्री, निर्मला राई, मणि पौडेल, डा. प्रकाश पौडेल, लतिका जोशी, सन्ध्या पहाडी, रविन्द्रभक्त श्रेष्ठ, रजनी श्रेष्ठ, रितादेवी प्रधान,गणेश खड्का, लक्ष्मण न्यौपाने, दिल्ली अमाई, ईश्वरी भट्ट, बन्धु पोखरेल, दिव्य गिरी, मुक्ति बराल, सुरेन उप्रेती, धन लामा, महेश पौडेल, अग्नि पराजुली, प्रभा पोखरेल, निराजन वाग्ले, प्रा. गोपी उप्रेती, बिनोद अधिकारी,अरूण पौडेल, रश्मी रिमाल, कविन्द्र सिटौला, गोमा रेग्मी, प्रकाश पाण्डे, सुनिता बराल, ऋृषि बराल, कल्याण पन्त, डा. अमरबहादुर कार्की, रेवती अधिकारी, तिलक कार्की, ईश्वरी गौतम, कोपिला अधिकारी, भगवती पौडेल, मोहराज शर्मा, शारदा पौडेल नीशा, गिरिजा गैरे,

सवी श्रेष्ठ, स्पन्दन विनोद, नीलकण्ठ सुवेदीलगायतले जूममा सहभागीता जनाएर कसैले च्याप्टरको प्रगति विवरण, कसैले कविता वाचन र कसैले मन्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राम लामा अविनाशी, दीपा राई पुन, रवीन्द्रभक्त श्रेष्ठ र तारा अधिकारीको कविता कृति सार्वजनिक गरिएको थियो भने अनेसासका दशवटा च्याप्टरलाई उत्कृष्ठ च्याप्टर घोषणा गरिएको थियो । यसरी उत्कृष्ठमा पर्नेहरूमा – न्यूह्यामसार , न्यूयोर्क, नेपाल, कोलोराडो, कोरिया, क्यान्सास, सिलगुढी, जापान, पोर्चुगल र फ्लोरिडा च्याप्टर रहेका छन् ।

कार्यक्रमा कवि गोष्ठी र बन्द सेसन गरेर सम्मेलनको घोषणा-पत्र जारी गरिएको थियो ।
दुवै दिनको कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल र सभापति प्रकाश पौडेल माइला थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x