साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोतल महिमा

झोले, दास बनाउँदै छ दलले आफन्त छानी फसे । बोकौ बोतल यो छ सोम रसको साक्षी किनारा बसे ।

Nepal Telecom ad

प्यारा हौ मतदान गर्नु यसमा हो चिन्ह यो बोतल ।
खाली छैन भरेर राख्छु सहजै निर्लज्जताको फल।।
नेता बन्छु बनाउँछौ यदि भने लौ कार्यकर्ता भन ।
आफैं गर्छु विकास पिन्छु जल यो झोले तिमी नै बन ।।

नारा,भाषण गर्छु हास्य रसका सुर्काउँदै पाखुरा ।
तिम्रै आगन छेउ पुग्छ सजिलै बेंसी तथा टाकुरा ।।
बाँचौला सब साथमा मिलिजुली पारी धरा सुन्दर ।
आफैं झर्छ गिलास भर्छ जलले रोक्ने यहाँ को छ र ।।

यो नेपाल विकासको पथलिई जाँदैछ केही पर ।
मेरो चिन्ह चुनाव बोतल भयो माया मलाई गर ।।
सैयौंका घर,खेत ,बाग लुटियो नारा उचाली कन।
कस्को नोकर खै बने म बबुरो आक्रोश पाली झन ।।

झोले, दास बनाउँदै छ दलले आफन्त छानी फसे ।
बोकौ बोतल यो छ सोम रसको साक्षी किनारा बसे ।।
टोपी माग्छ म दिन्न है बुझ सखे बाँडेर सारी बसे ।
मेरो बोतल योग्यता बुझ तिमी फाँडेर बारी सखे ।।

अर्को बोतल मोजमा छ अहिले खोजेर खै बस्छ को ।
मेरो यो गणतन्त्र नाम धमिरा रोजी सबै डस्छ यो ।।
तिम्रा हर्कतले बनेछु म दुखी तातो खरानी घसे ।
आफैं चित्त बुझाउँदै मुलुकमा माया नमारी बसे ।।

मेरो बोतलमा छ शक्ति कतिको ढेवा र पाखण्डको ।
बेची देश सबै म शासक बने आफन्त वा झुन्डको ।।
चिन्दैनौ किन खै चिनाउँ कसरी बेची बसे देश के ।
आफू बाँच्छु म मार्दथे जन सबै ताकी बसे ठेसले ।।

झोले झुन्ड मिली बसे मुलुकमा पापिष्टको जीतले ।
हाँस्थ्यो खै भमरा कहाँ र कसरी जाडो तथा शीतले ।।
दागैदाग छ बागमा मलिनता के पुष्प यो दाग हो ।
मेरो बोतलमा छ निर्मलपना के चेतना बाग हो ।।

पाटन नगरपालिका वा.न.२
सिलंगा,बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x