होम सुवेदीवृक्ष आफैँ ठडिन्न

विना यत्नले वर्ण यौटै पढिन्न
बसी फेदमा शैल पक्कै चढिन्न ।
कडा मार्ग हिँड्दा लिए एक लौरो
सहारा त्यही हुन्छ सोझै लडिन्न ।।
नलाएर टेको सबैतर्फबाट
ढलेको कुनै वृक्ष आफैँ ठडिन्न ।।
नयाँ वस्त्रमा थप्छ सौन्दर्य किन्तु
सितारा पुरानो भएमा जडिन्न ।।
सदा चर्न जो खोज्छ सिद्धान्त फेरी
कुनै एक सिद्धान्तमा त्यो अडिन्न ।।
पुराना कुनै सोच नै पिन्जडा हो
भने होम त्यो धारणामा सडिन्न ।।
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































