साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाई पालन

अगाडि नदेख्दा ड्वाँ गर्छ अगाडि देख्दा फ्वाँ गर्छ बाच्छो भेट्दा ट्वाँ पर्छ मलाई भेट्दा स्वाँ गर्छ भित्र-भित्र दङ्ग पर्छु कृषि क्रान्ति भो सुरु जस्तो ।

Nepal Telecom ad

अब स्वरोजगार बन्नेतर्फ ह्वात्तै कदम चालियो
सिङ्गै गाई भित्र्याएर पशुपालन थालियो
आफू खरो क्रान्तिकारी कृषि क्रान्ति नारा भएको
गाई झनै क्रान्तिकारी माझै निधारमा तारा भएको

हिलोमा डुबेर घाँस काट्नुपर्छ
दूहेसम्म आइरन्छ दूध भनेर ढाँट्नुपर्छ
खान जत्ति खाइदिन्छ बार्न क्यै बार्दैन
खाको भन्दा बढी हग्छ दूध पटक्कै झार्दैन

गाई त ल्याइयो तर खुसी ह्वैन चोट हजार छ
माइक टाइसन र ब्रुस्लीको मिश्रित किक बजार्छ
अगाडि देख्नै हुन्न मलाई पोजिसन लिहाल्छ
ढुङ्ग्रो लिइ छेउमा जान्छु फ्लाइङ किक दिहाल्छ

कोही लुटेरै धन थुपार्छन् तिनेर्लाई चारै धाम छ
ढाडका ध्रुव ध्रुवमा यसका चारै खुट्टाको डाम छ
पोसेँ बत्तिसा चापट अनेक ज्यानैमात्र बढायो
हिजो घाँस हाल्न जाँदा ब्वाङ्ङै गोबरमा लडायो

पुरै साठीओटा हजारमा भित्र्याको यसलाई खनखनी
दायाँ बायाँ कताबाट दुने घुम्नुपर्छ फनफनी
घाँस हाल्यो सबै खान्छ पगाहा लगायो भरदिन चर्छ
दूहुन गयो एक्सन लिन्छ रेस्लिङ खेलाडी जस्तो गर्छ

बिहानभर लार गोबर सोरिन्छ मलखाडीमा पहाड भैसको
कृषि क्रान्तिको अभियानमै ज्यानको बोसो आधा गैसको
स्वरोजगार बन्ने कसरी ? कृषि क्रान्ति भन्ने कसरी ?
खेती बारी खन्ने कसरी ? दूधको नगद गन्ने कसरी ?

अगाडि नदेख्दा ड्वाँ गर्छ अगाडि देख्दा फ्वाँ गर्छ
बाच्छो भेट्दा ट्वाँ पर्छ मलाई भेट्दा स्वाँ गर्छ
भित्र-भित्र दङ्ग पर्छु कृषि क्रान्ति भो सुरु जस्तो
बेच्नेले पनि के बेच्यो यस्तो कुङ्फुको गुरु जस्तो

ओभरडोज खान्छ टन्न बिष्ट्याउँछ छेरेजस्तो
बाल्टीभित्र दूध ठ्याक्कै ईनारमा पानी हेरेजस्तो
कहिले रेस्लिङ, कहिले कुङ्फु, कहिले युएफ्सी चलाउँछ
चार खुट्टेले दुई खुट्टेलाई भ्यात्त गोबरमा ढलाउँछ

कति पोसेँ के-के पोसेँ जाबो ढुङ्ग्रो भरिँदैन
घरि-घरि झोँक चल्छ कृषि क्रान्ति गरिँदैन
गरिखाउँ कि यत्रो परिश्रम नास पारुँ हजुर ?
दुई कुरुवालाई चार कि पाँच पारूँ हजुर ?

सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x