साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मतदान

किन शासक चुन्छु यिनै दलका । किन भाषण दिन्छ सधैं छलका ।। कम बोल्छ विनाश गरी सबको । पथ भ्रष्ट बने छ यहाँ सबको ।।

Nepal Telecom ad

मतदान गरेछु यहाँ कसमा ।
मन छैन यहाँ किन खै बसमा ।।
घर देख्छु बुढो सरकार लुलो ।
अब चल्छ बतास थपेर धुलो ।।

म त रोप्छु सधैं किन बोट उही ।
नव शासक फेर्दछु कोट उही ।।
मन यो छ निराश र ओठ उही।
कति दान गरे तर चोट उही ।।

न हलो छ नयाँ न त सम्म गरा ।
किन बोट सुकाइ सडेछ जरा ।।
म त छान्छु यहाँ जन साथ दिने ।
सपना मनका नव चाख लिने ।।

किन शासक चुन्छु यिनै दलका ।
किन भाषण दिन्छ सधैं छलका ।।
कम बोल्छ विनाश गरी सबको ।
पथ भ्रष्ट बने छ यहाँ सबको ।।

रिस राग बढाइ सबै जनमा ।
अब राज गरी बस यो मनमा ।।
दल छैन कुनै किन काम दिने ।
जनता सबको अधिकार छिने ।।

पटमुर्ख बने म यहाँ किन खै ।
धनमा कति बिक्छ यहाँ चिन है ।।
मतदान सधैं मतभीख सरी ।
किन खान्छ जुठो जन आज डरी ।।

बल बाहु जुटे धनमा तकडा ।
अभिमान बचाइ बसेछ खडा ।।
अब गर्दिनँ है मत दान कभै ।
जनता सब मिल्नु छ आज सबै ।।

पाटन २ सिलंगा, बैतडी
हाल, पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नव दास

नव दास

हेमराज पन्त
संघीयता

संघीयता

हेमराज पन्त
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x