साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौन खुट्टा तानौँ- (२)

अहिले सफाइ गर्ने कामबाट शुरु भै केही वर्षमा त झन् देशमा विकास भन्ने कुरो नै गर्नथाल्नुभयो भने त निकै गाह्रो हुन्छ है खुट्टा तान्नलाई ।

Nepal Telecom ad

हामी नेपालीहरूले सजिलै जागिर खान पाउने ठाउँ भनेको खुट्टा तान्ने काममा नै हो भनेर ठोकुवा गरेँ भने उजुरी गर्ने कसको तागत ? पुस्तौँपुस्ता अगाडिदेखि तान्दै आएको खुट्टो तान्न किन डराउनु ? किन लजाउनु ? सबै रोजगारका धन्दा बन्द भएर पनि केही फरक पर्नेवाला छैन । मात्र एउटा मात्र सधैँ सदावहार निरन्तर उकालो गतिमा नै दौडिरहने यो खुट्टा तान्ने रोजगारलाई कहिल्यै पनि बन्द नगर है प्रभो । आफ्नो मनलाई साक्षी राखेर सोचाँै त हामीहरू कतिबेला फुर्सदमा छाँै र ? कतिजनाको खुटटा्लाई मन फुकाएर तान्नलाई फुर्सद नै पाइँदैन । यसो अलिअलि तानेकै भरमा चित्त बुझाएर बस्नु परेको छ ।

कति धेरै बलिया छन् बाबै नेपालीका खुट्टा । यसो उँभोगतिमा पाइला सार्नासाथ घरपरिवार, छरछिमेक, साथीभाइ र अन्य आउरे, बाउरे, चाउरेहरूले न्वारनदेखिको बल लगाएर तान्दा समेत तान्नेहरूकै ज्यान जाला बरु उकालो चढ्नेहरूको त एक इन्च तल झर्दैन । पहिला पहिलाका बाबा आमाले त घरमै पालेको गोरस र भोरस खुवाएर हुर्काएका खुट्टा भएर बलिया थिए तर आजभोलिका खुट्टा के खाएर त्यति साह्रो बलिया भएका होलान् ?

तपाइँहरूलाई कस्तो लाग्छ कुन्नि ? मलाई त दैनिक यसो कताबाट मिल्छ अलिअलि प्रगति गर्ने औसतमा पाँचजनाको खुट्टा नसमातेसम्म निन्द्रा नलाग्ने मात्र होइन हजुर खाएको पनि पच्दैपच्दैन । हिजो राती त हो नि अहिलेका प्रगति गर्न तम्सने महानगरका महानायक र नायिकाको खुट्टा कसरी तान्ने होला भनेर सोच्दासोच्दै धन्नै डायरिया नै भएर थला परेको । रिस पनि कति उठ्नु भन्नुहुन्छ भने त्यति धेरै अनुभवले खारिएका, उमेरले पनि गालामा चाउरी पारिएका अगाडिका नायक नायिकाले नउठाएको फोहोर उठाउन तिनीहरूलाई के को हतार भयो ? के के नै लछार्छु भन्ने सोच्नुभएको होला उहाँहरूले । अब हेर्दै जाउँ न हामी नेपाली हौँ नेपाली । कसको खुट्टा कसरी तान्यो भने आफ्नो हातमा आउँछ कसैले नसिकाए पनि त्यसैमा साक्षर मात्र होइन हजुर पी.एच.डी. कै प्रमाणपत्र छ ।

महानगरका मात्र होइन उपमहानगर र अन्य केही ठाउँमा पनि यस्तै अल्लारेहरूको खुबै मूल्य बढेको छ । कस्ता- कस्ता दान पाएकाहरूलाई त हामीले ठेगान लगाइसक्यौँ । के- के नै मतदान धेरै पायौँ भनेर मख्ख परेका छन् विचराहरू । पाठक महाशय हजुरहरूलाई थाहा छ नि है ? खानेकुरा र इन्धनको मूल्य बढ्दा हो हामीलाई निकै भार पर्ने । एउटा पनि कपाल नफुलेका अल्लारेहरूको जति मूल्य बढे पनि हाम्रो एउटा रौँ पनि हल्लिँदैन भन्ने कुरा उहाँहरूलाई थाहा छ कि छैन कुन्नि ?

नेपाली हाँै नेपाली । फरक क्षमता र विशेषता बोकेका । कसैले जोरी नखोजेकै राम्रो हुन्छ । फोहोरको पोको घरको छतबाट सडकमा मिल्काएर टाईसुट टल्काएर फोहोरमैला व्यवस्थापनको बैठकमा गई निकै मिठा भाषण गर्न खप्पिस छौँ हामी । घरमा कामको लागि ल्याएर राखेका बालबालिकाको गालामा झापड हानेर सडक बालबालिकाको विषयमा कमालको आवाज उठाउँछौँ । नीति, नियम, सिद्धान्त र वादका सबै रसहरूलाई निलेर निकै आदर्श र नैतिकवान कहलिन्छौँ हामी आफू-आफूमा । कम्ती इमानदार छौँ र हामीहरू ? हरेक कामकुराहरू नगर्नेलाई गरेर र गर्नेलाई नगरीकन नै सोचेको भन्दा निकै ठूलो प्रगतिमा रमाइरहन्छौँ हामी ।

चुनाव हरेक समयमा आइरहन्छ, गइरहन्छ यो कुनै नौलो विषय होइन । हाम्रो लागि महत्वपूणर् कुरा भनेको त के- के नै प्रगति गर्छु, उन्नति गर्छु भनेर चम्किनेहरूलाई जसरी सकिन्छ खुट्टा तानेर घोक्रेठ्याक लगाउनु हो । सदियौँदेखि चलिरहेको कामको निरन्तरता दिनु हो । नयाँ प्रगति गर्न खोज्नेलाई एनी हाऊ, खुट्टा समाउको रणनीति बनाउनु हो । पुरानो हाम्रो सभ्यता र संस्कृतिलाई विकृत हुन दिन हुन्न है मैले सबैलाई भनिदेको छु । अहिले मतदानको दम्भ गर्नेहरूले नगरको फोहोर उठाउने, सरसफाई गर्ने, सार्वजनिक शौचालय बनाउने, हरेक बस स्टपमा यात्रुलाई घामपानीबाट जोगाउने छाप्रो बनाउने, हजारौँ पार्क र अन्य ठाउँ के-के बनाउने भन्ने कुराहरूले अखबारका पानाहरू रङ्गिदा मलाई त कम्ती रिस उठेको छैन । अरुले नगरेको काम गर्ने अधिकार उहाँहरूले कसरी पाउनुभयो ? सधैँभरि फोहोरमैलाको मिठो बासना र आफ्नै खाइखानाको पाइखाना पुगेपछिको मिठो बासनामा मज्जाले रमाउने हामीहरूलाई त्यही पनि हटाइदिएर के गर्न लाको हो कुन्नि ? उहाँहरूले भनेको जति सबै काम साँच्ची नै गर्नुभो भने त हामीलाई न निद्रा रातमा, न त भोक दिनमा हुने त होइन ?

बेलैमा होस पुर्‍याइएन भने सबै बिग्रन सक्छ । त्यसैले सबैजना एकजुट भएर खुट्टा तान्ने शुभ मुहुर्त हो यो । जसरी हुन्छ, जताबाट मिल्छ, जति सकिन्छ सबै मिलेर गर्ने काम भनेको उहाँहरूको खुट्टा तान्ने नै हो । भर्खर बामे सर्दाको खुट्टा तान्न निकै सजिलो हुन्छ । फेरि अहिले सफाइ गर्ने कामबाट शुरु भै केही वर्षमा त झन् देशमा विकास भन्ने कुरो नै गर्नथाल्नुभयो भने त निकै गाह्रो हुन्छ है खुट्टा तान्नलाई । हामी सबैको बलले पनि नभेटेर छिमेकीलाई गुहार्न पर्ला है बेलैमा होश गरौँ । आफूसँग भएको बल र अत्याधुनिक हातहतियार सहित खुट्टा तान्ने प्रतियोगितामा सहभागिताको लागि हार्दिक अनुरोध छ । म सहभागी हुन्छु हजुरहरू पनि कोही नछुट्नुहोला है ।

स्याङ्जा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
बोरिङका टी-चर

बोरिङका टी-चर

गायत्री परिरोशनी
गुट उद्योग

गुट उद्योग

गायत्री परिरोशनी
लभराजको प्रेम !

लभराजको प्रेम !

गायत्री परिरोशनी
लौन लायो !

लौन लायो !

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x