साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वादका मलामीहरू

सन्तान दरसन्तानको विषाक्त खुसीको लागि के पो गर्न बाँकी छ र ? आफैले जन्माएका वादका आफै बनेका मलामीहरूले ।

Nepal Telecom ad

वादलाई सिलौटामा लोहोरोले
आँपको थेप्ले पिसे झैं
कच्याक कुचुक पार्ने
तिलको तिलुट वनाएर
अलिकति चोर औँलाको टुप्पोले
जिब्रालाई स्वाद दिने
अनिन्द्राका सपनाहरू
डिप्रेस्ड मष्तिष्कका उपजको
लेपनले सेलाएर
नरका सपनाहरू धितो राखेर
आस्थाहरूसँग दौलत साट्ने ।

सिद्धान्तको जलपमा
माहुरीको श्रममा झिंगाको रजाईँ
थोरै मौजुदा स्वाभिमानका बाछिटाहरूमा
वादको घुम्टोमा पजनीयोग्य हुकुमी कजाईँ

वादको लँगौटीले लाज छोप्ने
वाद विसर्जित अपवादको घोडा चढेर
जोर लात्तिले जनताका बङ्गारा खुस्काउने
त्यो घोडा कुट्ने डोरो फन्फनी फन्काएर
चुट्ने, उफार्ने मैमत्तपन

समाजवाद पोलेर
साम्यवाद गाडेर
वादको चिरकटोमा
निभ कुच्च्याइएका कलमले
दिमाग बन्धक भक्तहरूको लेखनले
सुँगारटान एकछत्र पट्टु बोलीले
जनरटानमा उकाली लाउन उद्दत
निन्द्राका विपना सम्झाउने हुलाकीहरूको बथानले
हरिया बाँसको टेको र ठाँडोमा
सिद्धान्तको अन्तिम संस्कारका मलामी भएर
चिहानमाथि ओडाइएको सेतो कात्रो ओडेर
उहीँ जीवित सिद्धान्तको अलापमा
मसानका सन्तानरूपी आत्माहरूले
भागभोग खोजे झैं
के पो बाँकी छ र ?

खै वाद
अस्तुमा परिणत भयो
खरानीरूपी अस्तुको पुजनले
आत्मा फर्काउने अलापविलापमा
सन्तान दरसन्तानको
विषाक्त खुसीको लागि
के पो गर्न बाँकी छ र ?
आफैले जन्माएका वादका
आफै बनेका मलामीहरूले ।

कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x