साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिस्टर भ्रष्टाचारी

भ्रष्टाचारले आक्रान्त छौं भन्ने पनि तिमी, भ्रष्टाचारकै भित्री कारक बन्ने पनि तिमी, अर्कैलाई औंल्याइ हिंड्छौ भाका सारीसारी, मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

Nepal Telecom ad

जग्गा जमिन धरो थेन खुर्सानीको बारी
अहिले भने डल्लु कपन नैकाप सल्लाघारी
महिनैपिच्छे विदेश भ्रमण चिल्लो छ सवारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

हिजोसम्म नामर्द छ भन्थे ज्वाईं छुसी
घुस खान थालेपछि ससुराली खुसी
तिम्रै नै छ मालामाली वारिदेखि पारि
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

गणतन्त्रवादीहरुको साथ पनि तिमी
राजतन्त्रवादीहरुको हात पनि तिमी
तिम्रो सँगत सवै पार्टीसंग हाराहारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

भ्रष्टाचारले आक्रान्त छौं भन्ने पनि तिमी
भ्रष्टाचारकै भित्री कारक बन्ने पनि तिमी
अर्कैलाई औंल्याइ हिंड्छौ भाका सारीसारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

घाम छन्जेल सवैजाना तिम्रै विरोध गर्छन
साँझ फेरि शिखर साँझमा तिम्रैसामु पर्छन
दरबारजस्तै घर जख्यौ बैंक वचत भारी
मेरो पनि नमस्कार है मिस्टर भष्टाचारी ।

तिम्रै प्यारा व्यापारीछन् ठेकेदार नेता
कालो कर्तुत गरे पनि पूँजी बन्छन् सेता
माल अड्डा भन्सार अड्डा सँधै हाराहारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

मन्त्रीजीका नातागोता ज्वाईं जेठान तिमी
नेताजीका भन्छा बैठक उठान बैठान तिमी
पार्टी पनि मौका मिलाई फेर्छौ चारीचारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

खरिद बिक्री कोटेसनमा कमिसनको जालो
जहाँजहाँ मौका पर्छ त्यहीं तिम्रो पालो
नेताजीको चाकरी छ दैलो कोठेबारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x