साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नकटो पन्थ

चेलो नकटालाई हो जस्तै लाग्यो । उसले पनि उही रटान दिन लाग्यो । यसो गर्दागर्दै देशभरि चस्मा अड्याउने खाल्टो जोगाएर नाक काटिएकाहरूको बिगबिगी भयो ।

Nepal Telecom ad

चोरेर धुरुक्कै पारेपछि आफ्नै नागरिक हो ज्यानै लिन हुन्न तर अरु अङ्ग काट्ता पाल्न पनि राज्यलाई नै भारी होला भन्ने लागेर हुन सक्छ राज्यले दण्ड दिँदा कुनै काममा बाधा नपर्ने गरी उसको नाक काटिदिएछ ।

चोरी गर्दा पनि बाठो तरिकाले गर्थ्यो । त्यही बाठोपना कुनै दिन काम लाग्छ कि भनेर पनि उसको ज्यान जोगिएको हो । अब उसलाई दुःख नगरी बाँच्ने उपाय फेला पर्यो । सबैले चोर भनेर र नकटो भनेर उसलाई परैबाट चिन्न थाले । बुद्धि नलगाई भएन । भेष बदल्यो र अरुले नचिन्ने ठाउँमा गयो । उसले नकटो पन्थ खोल्यो ।

पन्थ चलाउने उसको मूलमन्त्र थियो— “नाकले स्वर्गलोक छेकेको छ । त्यसैले संसारमा मानिसहरू दुःखी छन् । मेरा शरणमा आऊ म स्वर्गको दर्शन गराउँछु । त्यसपछि जीवन सुखमय हुन्छ ।” नयाँ ठाउँका मान्छेले पत्याएनन् । उसले रटान लगाएर सुनाउन छोडेन । आखिरमा समाजका धेरै जनाले सल्लाह गरे र ढाँटेको रहेछ भने यसलाई मार्नुपर्छ भन्ने सल्लाह गर्दै परीक्षणका लागि एक जनाको नाक काटे । चेलो नकटाले स्वर्ग देखेन । अब हल्ला गर्न तयार भइहाल्यो ।

अनि गुरु नकटाले फकाउँदै— “जे हुनु भइगयो, अब नकटाले मूर्ख बनाएर नाक काटेको भन्ने बदनाम जीवनभरि तिमी किन बोक्छौ । बरु हो भन्देऊ न । अरुले पनि नाक काट्छन् । हाम्रो समूह नै हुन्छ अनि कसैले कसैको बदनाम गर्दैन बरु दानदक्षिणा भेटी मनग्गे कमाएर सुखले खाइन्छ ।” चेलो नकटालाई हो जस्तै लाग्यो । उसले पनि उही रटान दिन लाग्यो । यसो गर्दागर्दै देशभरि चस्मा अड्याउने खाल्टो जोगाएर नाक काटिएकाहरूको बिगबिगी भयो ।

बरमझियामा मैले पैडा किनेको पसल नै असली हो भनेर लड्ने यात्रीहरू जस्तै गाउँटोलमा ठुटे नेताहरूले दाजुभाइसँग जुध्दै आफ्ना पार्टीका, आफ्ना गुटको अथवा अझ आफ्नै ख्वामित असली नेता र अरु पार्टीका, अर्को गुटका र आफूलाई घाँस नहाल्ने नेता सबै नक्कली भनेको जस्तै गरी नकटाहरूको जमात पनि अझै बढिरहेको छ ।

त्यो देशमा नाक नकाटेकाहरू पनि आफ्नो कटाऊँ कि नकटाऊँ भनी अहिलेसम्म सोचविचार गरिरहेकै छन् । पेडाको असली पसल भए पनि पेडा असली थिए कि थिएनन् र पार्टी असली भए पनि नेता असली थिए कि थिएनन् तर मानिस लड्न छोडेनन् । त्यस्तै गरी नकटा र नाक भएकाहरु पनि अन्योलमा लड्दै छन् ।

कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x