साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काँकरभिट्टामा २०९ औं भानुजयन्ती

भानु साहित्यिक प्रतिष्ठान, काँकरभिट्टाले २०९ औं भानुजयन्ती सन्दर्भको काव्यसभा तथा प्रतियोगितात्मक कविगोष्ठीको आयोजना गर्‍यो ।

Nepal Telecom ad

भानु साहित्यिक प्रतिष्ठान, काँकरभिट्टाले २०९ औं भानुजयन्ती सन्दर्भको काव्यसभा तथा प्रतियोगितात्मक कविगोष्ठीको आयोजना गर्‍यो ।

कार्यक्रम यो गोष्ठीका संयोजक प्रतिष्ठानका सदस्य सुभद्रा भट्टराईको अध्यक्षता तथा वरिष्ठ प्रगतिवादी साहित्यकार महाकवि मोदनाथ प्रश्रितको प्रमुख आतिथ्य, प्रतिष्ठानका संरक्षक तथा संस्थापक अध्यक्ष दुर्गाप्रसाद आचार्य तथा वर्तमान अध्यक्ष कृष्णप्रसाद उप्रेतीको विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जयप्रसाद आचार्यले तथा स्वागत उपाध्यक्ष मोहनप्रकाश उप्रेतीले गर्नुभएको थियो ।

गोष्ठीमा प्रतियोगितात्मक तथा अप्रतियोगी भनेर कविता सुनाइएका थिए । प्रतियोगितात्मक कविताहरूको मूल्याङ्कन कर्ताको रुपमा प्रा.डा.गङ्गाप्रसाद अधिकारी तथा प्रसिद्ध कवि डिल्लीराज नेपाल हुनुहुन्थ्यो ।

गोष्ठीमा कविता वाचन गर्नेहरू हुनुहुन्थ्यो- दुर्गाप्रसाद सिग्देल, देवेन्द्र खरेल, गीता सुवेदी नेपाल, तुलसीप्रसाद भट्टराई, मिरा काफ्ले पोखरेल, देशु वनेम (अप्रतियोगी), आरती पोखरेल (अप्रतियोगी), त्रिलोचन भण्डारी, विन्दु दाहाल (अप्रतियोगी), विष्णु नेउपाने, दीपा भट्टराई, कल्पना ओली, हिरण्यप्रसाद भट्टराई, राजेन्द्र अधिकारी, लक्ष्मीअच्युत ढुङ्गाना, कमलप्रसाद दाहाल, ज्ञानेन्द्र ढुङ्गाना, हस्त परियार (अप्रतियोगी), देवीभक्त श्रेष्ठ (अप्रतियोगी), कृष्णप्रकाश सुमार्गी, टङ्क विकल्प, विजय खरेल (अप्रतियोगी), भीम खवास (अप्रतियोगी), पुण्यप्रसाद खरेल (अप्रतियोगी), जीवनाथ सुवेदी (अप्रतियोगी), डिबी इलामे (अप्रतियोगी) इत्यादि ।

काव्यगोष्ठीपछि संस्थाका महासचिव यज्ञराज प्रसाई, उपाध्यक्ष मेदनीप्रसाद खरेल, विशिष्ट अतिथिहरू कृष्णप्रसाद उप्रेती, दुर्गाप्रसाद आचार्य तथा प्रमुख अतिथि मोदनाथ प्रश्रितले मन्तव्य राख्नुभएको थियो । विशिष्ट अतिथि दुर्गाप्रसाद आचार्यले यो भानु साहित्यिक प्रतिष्ठानको पृष्ठभूमि, भानुभक्तको सालिक निर्माणको संक्षिप्त इतिहास प्रकाश पार्नुभएको थियो भने प्रमुख अतिथि मोदनाथ प्रश्रितले हाम्रो देशमा सदियौंदेखि विद्यमान जातीय विभेद र लैंगिक रुपमा महिलाउपरको उत्पीडनका विरुद्ध हामी साहित्यकारहरु सबैले कठिन र निर्मम रुपमा प्रतिवाद गर्ने र सबैलाई समान रुपमा व्यवहार गर्न आजैदेखि लाग्नु पर्छ, मानव र मानव बीचको विभेद नहटाईकन हामी कदाचित सभ्य हुन सक्तैनौं तथा दुनियाँका नजरमा पनि हामी असभ्य ठहरिन्छौं भन्नुभयो ।

अन्त्यमा अध्यक्ष तथा प्राज्ञसभासद सुभद्रा भट्टराईले उपस्थित सबैमा आभार व्यक्त गर्दै छोटो मन्तव्यसहित कार्यक्रमको समापन गर्नुभयो ।

झापाबाट पुण्य खरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x