साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाप

अन्तिम प्रश्न टिपोट गरि सक्ता नसक्तै घर्‍याक्क गरेर हाकिमको ढोका खुल्यो र मुँसुमुँसु हाँस्दै निस्कियो साइबर व्यवसायी संघको अध्यक्ष ।

Nepal Telecom ad

एक हप्ता देखिको लगातार राहदानीका लागि अनलाइन आवेदन दिन प्रयास गर्दा पनि पूर्ण असफल भएपछि राहदानी बिभागका निर्देशकलाई समस्या राख्ने विचार फुर्‍यो मनमा र पुगें राहदानी बिभाग ।

म भित्र पस्नासाथ निर्देशकको पिएले खोजीनिति गर्‍यो हाकिमलाई भेट्नुपर्नाको कारणको र आस्वस्त भएपछि भन्यो-“भित्र गेष्ट हुनुहुन्छ, उहाँ बाहिर आउनु भएपछि म हजुरलाई भेट्ने व्यवस्था मिलाउँछु ।“

पालो पर्खेर बस्तै गर्दा एकलै भएकाले मनमा कुरा खेले अर्थात्
व्यवस्थितरुपले हाकिम सामु प्रश्न किन नराख्ने भन्ने जुक्ति निकाल्यो मनल अनि प्रश्नहरुको टिपोट बनाउन थालें डायरीमा-

१)आवेदन दिन साइट खोल्दा सधैं आजका लागि पूणर् बन्द
गरिएको छ भन्ने संदेश आउँछ । नखोल्ने हो भनें किन
अनलाइन निवेदनको भ्रम छरिएको हो ?

२) अप्ठ्यारो परे सम्पर्क गर्नु भनेर हटलाइन मोबाइल नं.
दिइएको छ तर कुनै बेला पनि फोन उठ्तैन । यो फोन
सेवाग्राहीका लागि दिइएको हो कि कर्मचारीको व्यक्तिगत
प्रयोजनका लागि दिइएको हो ?

३) महानिर्देशककै मेल अड्रेस पनि नट फाउण्ड भन्ने म्यासेज
आउँछ मेल गर्न खोज्दा, सेवा ग्राहीको गुनासो नै नसुन्ने भए
यो देखावामात्र किन ?

तीनवटा प्रश्न बनाइसकेपछि मनले फेरि शङ्का गर्‍यो अर्थात पाप चितायो-“देशै कमिसनको भड्खालोमा जाकिएको छ, कतै त्यस्तै चक्करमा म पनि परेको त होइन कतै ?“ र चौथो प्रश्न बनाएँ-

४) यस बिभागको पासपोर्ट आवेदन दिने साइट बेलुकी ४.३०
बजेदेखि आधा घण्टाका लागिमात्र खोलिन्छ । के १०
बजे देखि ४.३० सम्मको समय चैं कमिसन कबुल गरेर
साइबर व्यवसायीहरुलाई बेचिएको हो ?

अन्तिम प्रश्न टिपोट गरि सक्ता नसक्तै घर्‍याक्क गरेर हाकिमको ढोका खुल्यो र मुँसुमुँसु हाँस्दै निस्कियो साइबर व्यवसायी संघको अध्यक्ष ।

गौरादह-७, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x