साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरु माहात्म्य

ऊर्जा थप्न सदैव सक्रिय, क्षमा गर्ने सबै थोकमा साँच्चै दिव्य चरित्रयुक्त गुरु नै आदर्श हुन् लोकमा ।

Nepal Telecom ad

झिल्को अग्नि मनग्य हुन्छ वनका वृक्षादि सल्काउन
सानो दीपकबाट सम्भव हुने आलोक झल्काउन ।
छेकोस् बादल सूर्यरश्मि त्यसले आउन्न कालो निशा
पक्कै हो घनघोर रात नबिती आउन्न नौलो उषा ।।

बत्तीझैँ सब शिष्य तेल त्यसमा भिज्दो सलेदो पनि
सल्काऊ गुरु ज्ञान दीपकहरू ज्ञानाग्नि आफू बनी ।
यो बाटो सजिलो र यो असजिलो दोधार हर्दै गर
खोजी ज्ञान नवीन शिष्य सबमा आलोक छर्दै गर ।।

हामी मात्र कुलो सबै गुरुहरू हुन् ज्ञानका सागर
उस्तै उच्च विचार, संयम उही, माया उही जाँगर ।
छर्छन् दीपक सिद्धिएर अरूमा आलोक त्यस्तै गरी
दिन्छन् शुद्ध पवित्र ज्ञान गुरुले जो पुग्छ वर्षौँभरि ।।

हाम्रा लोचन, हात, पाउ बलिया,ठान्छौँ बनौँ तेजिला
आमाबासरि भूमिका छ गुरुको अर्थिन्छ केही ढिला ।
को सक्ला गुरु अर्थ बुझ्न सजिलै के अन्त के हो सुरु ?
आफ्नै पुत्र- समान ज्ञानगुन जो दिन्छन् तिनै हुन् गुरु ।।

ज्ञानी, शिष्ट, विनम्र, धीर, लचिलो, जिज्ञासु आकर्षक
मानूँ शिष्य फलामझैँ, गुरु भने हुन् साँच्चिकै पारस ।
ऊर्जा थप्न सदैव सक्रिय, क्षमा गर्ने सबै थोकमा
साँच्चै दिव्य चरित्रयुक्त गुरु नै आदर्श हुन् लोकमा ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x