सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गुरु माहात्म्य

ऊर्जा थप्न सदैव सक्रिय, क्षमा गर्ने सबै थोकमा साँच्चै दिव्य चरित्रयुक्त गुरु नै आदर्श हुन् लोकमा ।

Nepal Telecom ad

झिल्को अग्नि मनग्य हुन्छ वनका वृक्षादि सल्काउन
सानो दीपकबाट सम्भव हुने आलोक झल्काउन ।
छेकोस् बादल सूर्यरश्मि त्यसले आउन्न कालो निशा
पक्कै हो घनघोर रात नबिती आउन्न नौलो उषा ।।

बत्तीझैँ सब शिष्य तेल त्यसमा भिज्दो सलेदो पनि
सल्काऊ गुरु ज्ञान दीपकहरू ज्ञानाग्नि आफू बनी ।
यो बाटो सजिलो र यो असजिलो दोधार हर्दै गर
खोजी ज्ञान नवीन शिष्य सबमा आलोक छर्दै गर ।।

हामी मात्र कुलो सबै गुरुहरू हुन् ज्ञानका सागर
उस्तै उच्च विचार, संयम उही, माया उही जाँगर ।
छर्छन् दीपक सिद्धिएर अरूमा आलोक त्यस्तै गरी
दिन्छन् शुद्ध पवित्र ज्ञान गुरुले जो पुग्छ वर्षौँभरि ।।

हाम्रा लोचन, हात, पाउ बलिया,ठान्छौँ बनौँ तेजिला
आमाबासरि भूमिका छ गुरुको अर्थिन्छ केही ढिला ।
को सक्ला गुरु अर्थ बुझ्न सजिलै के अन्त के हो सुरु ?
आफ्नै पुत्र- समान ज्ञानगुन जो दिन्छन् तिनै हुन् गुरु ।।

ज्ञानी, शिष्ट, विनम्र, धीर, लचिलो, जिज्ञासु आकर्षक
मानूँ शिष्य फलामझैँ, गुरु भने हुन् साँच्चिकै पारस ।
ऊर्जा थप्न सदैव सक्रिय, क्षमा गर्ने सबै थोकमा
साँच्चै दिव्य चरित्रयुक्त गुरु नै आदर्श हुन् लोकमा ।।

सुर्खेत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे
विना श्रीपेचका राजा

विना श्रीपेचका राजा

रामशरण न्याैपाने
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
आफ्ना खास

आफ्ना खास

रामदेव पाण्डे