साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे भानु खै के गरूँ

छोडे मावल इस्ट मित्र दुनियाँ छोडे ति नाताहरू, बा आमा पनि छोडिए र घरमा एक्ला भए के गरूँ , छोडे मानवता र लोक हितका दायित्वका मन्हरू, धर्ती भार हुँदै गए जनहरू हे भानु खै के गरूँ ।

Nepal Telecom ad

तोडे लेक र बेशिका ति सजिलै नेपाली भाकाहरू
मारूनी पृय लाग्दथ्यो छमछमी छोडे ति ड्यौडाहरू
घाँघुर् बालन रोधि र खईजडी सुन्दर् सुसेलीहरू
पाखे नाम दिए अबूझ सठले हे भानु खै के गरूँ ।१।

भाषा मौलिक कर्म अन्त रसका संस्कार हाम्रा सबै
नेपाली पन छोडिए र घरका माया र अध्यात्म खै
छोडे चाड विषेश संस्कृतिहरु संस्कार सेवाहरू
छोडे वीर विभूतिनै मुलुकका हे भानु खै के गरूँ ।२।

छोडे शिष्ट र नम्रता सरलता आदर् र ढोग्भेट्हरू
छैनन् रस् कठवाण छन् ध्वनिहरू आफन्तिका मन्हरू
छोडे गाउन रामका बयनका हिन्दुत्वका स्वर्हरु
हाहा रावणको सुनिन्छ कटसो हे भानु खै के गरूँ ।३।

छोडे छन्द विषेशका ति रशिला सिंगारका रस् हरू
गन्धे गन्थनका बिना वजनका लेखेर रम्ने हरू
भाषाका विधिले मिलाउनु कता मैपाइँ जान्नेहरू
भद्दा गद्य बनिन्छ धेर कविता हे भानु खै के गरूँ ।४।

छोडे मादल ढोलकी डमडमी छोडे दमाहाँहरू
छोडे नाद सनाइका धुनहरू झ्याम्टा मुजूराहरू
नर्सिङ्गा करनालका गजबकाआवाज खै के भयो
कान्फुट्ने नवजातका ढङढङे ल्याएर सातो गयो ।५।

छोडे मावल इस्ट मित्र दुनियाँ छोडे ति नाताहरू
बा आमा पनि छोडिए र घरमा एक्ला भए के गरूँ
छोडे मानवता र लोक हितका दायित्वका मन्हरू
धर्ती भार हुँदै गए जनहरू हे भानु खै के गरूँ ।६।

तिम्रो सुन्दर कान्तिपूर अब त्यो कूरूपमा बद्लियो
नेता बुद्दु भए सडे निति गए पैसा सबै थोक् भयो
छोडे धर्म र ध्यान छैन अहिले हुर्के कुधर्मिहरू
छोडे सम्झिन आदिका अमरता हे भानु खैके गरूँ ।७।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x