साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबार VS बधशाला

त्यसैले हो गणेश सर, हजुरलाई जस्तै मलाई पनि आजकल सिंहदरबार र बधशाला उस्तै उस्तै लाग्न थालेको छ ।

Nepal Telecom ad

उस्तै उस्तै लाग्न थालेको छ मलाई पनि
आजकल सिंहदरबार र बधशाला

बधशालाको बाहिरपट्टि भिड हुन्छ
जात जातका रङ् रङका कुकुरहरूको
सबै एक अर्का प्रति आक्रामक हुन्छन्
छुट्याउनै गाह्रो पर्छ यहाँ
को कसको मित्र हो अनि को कसको शत्रु

सबैको एउटै लक्ष्य बधशाला भित्रबाट आउने हड्डीमा
आधिपत्य जमाउनु, एकाधिकार कायम गर्नु
ठिक त्यसैगरि

जसरी हाम्रा परिवर्तनका सपनाहरूको हत्या गरेर
त्यसको हाडखोरमा लुछाचुँडी गरिरहेछन्
तथाकथित हाम्रा नेताहरू

तर बिडम्बना,
हाम्रा आँखाहरू पनि खुलेका छैनन् अझै
जसरी पप्पीहरूका आँखा खुलेका हुँदैनन्
त्यसैले हो गणेश सर,
हजुरलाई जस्तै मलाई पनि
आजकल सिंहदरबार र बधशाला उस्तै उस्तै लाग्न थालेको छ ।

(सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष स्व.श्री गणेशकुमार पौडेलप्रति समर्पित)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x