साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रदेश सरकारले अब गर्न पर्ने कामहरू

यसका बाहेक अन्य धेरै काम प्रदेश सरकारले गर्नु पर्नेछ । सोचिराख्नुस् के के काम प्रदेश सरकारले गर्नुपर्नेछ भनेर । तबसम्मका लागि तारेमाम् ।

Nepal Telecom ad

देशलाई प्रदेश बनाएपछि, साना नेताको व्यवस्थापनको अत्यन्त सरल उपाय प्रदेश सरकार रहेछ । यौटी बुढीको गलागाँड निकै ठूलो रहेछ । घाँटीमा भर्लक्क परेको गलगाँडले उनलाई सास्ती नै दिएको रहेछ तर उनलाई पोते, तिलहरी र सुनको सिक्री लगाउने निकै रहर भएछ । सुनारेकहाँ पुग्दा उनलाई एक तोलाको सिक्री लगाउनु पर्नेमा तीन तोलाको सिक्री लगाउनु पर्ने भएछ किन कि सिक्रीको लम्बाई गलगाँडको कारण निकै लामो भएछ । त्यस्तै प्रदेश सरकारहरू नेपाली जनताको गाँडमा आएका अनावश्यक गलगाँड जस्ता देखिन्छन् जहाँ छोटे नेतारुपी पोते, तिलहरी र गलगाँडलाई व्यवस्थापन गरिएको पाईन्छ । यस बीचमा गणतन्त्रको अब्बल उपलब्धी भनेर चिच्याउने हाम्रा गलागाँडे प्रदेश सरकारका हिमायतीले निम्न कुरा गरे निकै राम्रो देखिन्थो कि ?

१. प्रदेश सरकारका सबै पूर्व सांसदको लागि भत्ताको व्यवस्था
यदि भूतपूर्व सांसद भएकालाई यो भत्ताको व्यवस्था गरिदिने हो भने उनीहरूको राजनीतिक भविष्य उज्ज्वल हुन्थ्यो । हाल एक प्रदेशका मूख्य मन्त्रीले आफूलाई मात्र हेरेर पूर्व मूख्य मन्त्रीलाई कार्याबधि पश्चात भूतपूर्वको हैसियतले जीवन पर्यन्त भत्ता दिने निणर्यमा अघि बढेको पाईन्छ । यो पनि घुमाई फिराई रुम्जाटार भनेझैं सबै पार्टीको मानिसले लिन सक्ने सुबिधा भएको कारण सबैले यसमा मौन समर्थन गरेको पाइन्छ । यसको अलावा सबै मन्त्री र सांसदलाई पनि पदावधि सकिनासाथ भूतपूर्व मन्त्री, सभासद भएको हिसाबले विशेष सुबिधा मरणोपरान्त दिँदा थोरै सभासद र तिनमा आश्रित मानिसको भलाई नै त होला । कुरा सकारात्मक लिउँ न कमसेकम ।

२. सभासदलाई मृत्यु पर्यन्त गाडीको व्यवस्था गर्ने
सभासद हुन कम्ति संघर्ष गर्नु पर्दैन र ? कार्यकर्ता व्यबस्थापन, आन्तरिक पार्टीमा प्रतिस्पर्धिलाई खुसी बनाएर अनि अनेक तिकडम अपनाएर भोट खसाल्दै आफ्नो पक्षमा माहौल खडा गर्नु चानेचुने कुरा हैन । सभासद बनिसकेपछि राज्यले दिएको सुबिधाको अन्तर्गत गाडी चढ्ने अवसर सबैलाई हुन्छ । कमसेकम ५ बर्षसम्म तातो चिसो एसि सहितको गाडीमा हिँड्ने र गफ छाँट्ने बानी परिसकेको हाम्रा सभासदलाई प्रदेश सरकारले उनीहरूलाई मृत्यु पर्यन्त गाडीको सुबिधा दिइदिए के गैजान्छ र ?

३. ट्रस्ट बनाउने कुरामा निरन्तरता दिउँ
हालसालै यौटा प्रदेशमा मुख्यमन्त्री र सामाजिक बिकास मन्त्रीका बाउको लागि र सभासदको जेठाजुका नाममा ट्रस्ट खोलिएको थाहा पाइएको छ । यो त गणतन्त्रको उन्नत उपलब्धि हो नि । मुख्य मन्त्री बन्न तिनका बाउले निकै योगदान दिएको कुरालाई नजर अन्दाज गर्न हुन्न । सानोमा यौन समागमको पीडादेखि गर्भवती श्रीमतीलाई मुख्यमन्त्रीका बाबुले कम्ति स्याहार सुसार गरेनन् होला र ? यस बाहेक न्वारन, पास्नी, ब्रतबन्ध, विवाह, पढाई, लुगाफाटो र अन्य लगानी गरेर ठूलो संघर्षले मुख्य मन्त्री, सभासद र मन्त्री बनाइएको कुरा पाठकबृन्दलाई जानकारी नै होला । यत्रो पारिवारिक संषर्ष र बलिदानीलाई हामीले पाखा लगाउनु किमार्थ हुँदैहुन्न बरु मृत मानिसको नाममा ट्रस्ट बनाएर उनीहरूको सम्मान गर्नु पर्दछ ।

४. प्रदेश सरकारका सबै सांसदको समाधिस्थल अग्रिम बनाउने व्यवस्था
भोलि हाम्रा सांसदको योगदानलाई अरुले नजर अन्दाज गर्लान्, उनीहरूको योगदानलाई चटक्क बिर्सेलान् तर मलाई हरेक प्रदेशका मुख्य मन्त्रीलाई एक अनुरोध गर्न मन लागेको छ कि यी सबै सांसदको लागि समाधिस्थल हालसालै बनाइयोस् किनकी कर्म गर कर्मको फलको आशा नगर भन्ने गीताको उपदेशलाई यहाँका मानिसले मानेको पाइदैन । बरु हाम्रा सांसदको समाधिस्थ बनाउन सकिएमा यो प्रदेशमा कति सभासद थिए भन्ने इतिहासको किताबमा पढिने हैन भौतिक हिसाबले गन्न नै पाइन्थ्यो यसले अशिक्षित मानिसलाई सहज बनाउँथ्यो भने हालका सांसदहरू आफ्नो सम्मानजनक अन्येष्टी पाउने भएपछि निश्चिन्त भएर समाज सेवा गर्ने थिए ।

प्रदेश सरकारले सबै काम गरिसकेको छ । मन्त्री हरेक छ महिनामा फेर्ने गरेर सबैलाई आलोपालो दिनु पर्दछ । उस्तै परे सरकार ढलाएर अरुलाई पनि मन्त्री बन्ने र झण्डा हल्लाएको गाडीमा हिँड्न दिने उत्तम सुबिधा दिन जरुरी छ । यसका बाहेक अन्य धेरै काम प्रदेश सरकारले गर्नु पर्नेछ । सोचिराख्नुस् के के काम प्रदेश सरकारले गर्नुपर्नेछ भनेर । तबसम्मका लागि तारेमाम् ।

लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x