साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अथ जुका चरितम्

सानासाना जुकाको पनि गठ बनिने हुन्छ चुस्ने कुरामा । होस् केही भोक बाँकी यदि त अझ बढी बल्झिई पार्छ धामा ।

Nepal Telecom ad

सानो सङ्केत आयो परिसरतिर नै आइलाग्यो शिकार
जागे लुब्धा जुकाका दल खटपटले काबु छैनन् हियार
घेरा हाली शिकारीसरि छल बलले हात पार्ने छ धोको
होलान् उम्दा निशानाधर कतिपय ता ज्ञानवाला र पाको !

चुस्ने ता नीति नै हो, प्रकृतिगुण यही, धर्म, निष्ठा यही हो
रातो मोहोर लागेसरि हक पनि हो, थात बिर्ता सबै हो
प्राणी होस् वा अप्राणी यदि चुसिन मिले चुस्नु कर्तव्य हुन्छ
चाहे बाँचोस् मरोस् त्यो सहृदय नहुनू नत्र घाटा परिन्छ ।

सानासाना जुकाको पनि गठ बनिने हुन्छ चुस्ने कुरामा
होस् केही भोक बाँकी यदि त अझ बढी बल्झिई पार्छ धामा
आएको एक राम्रो अवसर, यदि यो उम्किए खेद होला
भर्ने हो भर्न मिल्ला जति जति अहिल्यै स्वार्थझोली र थैला ।

भोका वा ढाँटभोका, लपलप रसना के नगर्लान् र आशा ?
यो नै हो वा पछिल्लो अवसर पछि वा भोलिको के भरोसा ?
साँचेमा काम आफ्नो यदि अलस गरी खान साँचे अरूको
झूटो के बन्न सक्थ्यो अनुभव अघिका विज्ञ पुर्खाहरूको !

आओ आओ जुका हो ! जुट गठ हठले उम्किएला शिकार
भान्से नै पार घेरा बरु पछि नपरी स्वार्थ होस् निर्विकार
साझा बाँचे बँचाए करतुत कतिका खुल्न सक्ने हुनाले
पत्ता नै साफ पारे बरू असल हुने ठान्छ खोलाघरेले !

फाकफोक, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x