साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रूपैयाँ

रूखविरूवा गिट्टीवालुवा नदीनाला साँधसिमा बाचाबन्धन पराईका हातमा दिन अन्धो बनायौ ल्याप्चे ठोकायौ ओठहरू फुक्न दिएनौ जिब्रो चल्न दिएनौ ।

Nepal Telecom ad

ए रूपैयाँ
उपियाँ भएर आयौ निन्द्रा खायौ
जुम्रा लिखाको भेषमा पस्यौ
यताउता गर्दै रात कटायौ
हरेक टेलिफोनको घण्टीको आवाजमा
तिम्रै सुगन्धको आस गरायौ
मन लट्ठयायौ
मुटु धड्कायौ
चाहना भट्टयायौ
प्रेम लगायौ
सहवास गरायौ
आत्मामा मात्र तिम्रो वास गरायौ
केवल तिम्रो वास

संविधानका धारा र दफा
ऐन कानूनका ठेली
नीति नियमका फाईलहरूमा
मुसा, पुत्ला, धमिरा पठायौ
मसी पखाल्ने छानो बनायौ
कागज जलाउने ओदान बनायौ
सिद्धान्तलाई भजाउने
चरित्रलाई कजाउने
निष्ठाको तिलाञ्जली
आस्थामा श्रद्धाञ्जलि
मात्र तिमीसँग भलाभली
केवल तिमीसँग भलाभली

जुनदिन तिमी आयौ
त्यहि दिन मेरो मन गयो
नुनदेखि सुनसम्म
उनदेखि जुनसम्म
हो, मातृपितृ बिर्सायौ
आफू र आफन्त बिर्सायौ
लाएका गुन बिर्सायौ
संस्कृतिका धुन बिर्सायौ
आफ्नै पैतला मुनिको धर्ति बिर्सायौ
पितापुर्खाका अर्ति बिर्सायौ
केवल तिमीसँगको साथ सम्झायौ

तिम्रै शक्ति, तिम्रै सत्ता, तिम्रै पुजन
सहयोगी सहयात्री सबै बनायौ दुर्जन
रूखविरूवा
गिट्टीवालुवा
नदीनाला
साँधसिमा
बाचाबन्धन
पराईका हातमा दिन
अन्धो बनायौ
ल्याप्चे ठोकायौ
ओठहरू फुक्न दिएनौ
जिब्रो चल्न दिएनौ
ध्वाङ्मा विजुली पस्न दिएनौ
तिमीबाट छुट्टिन दिएनौ

तिमी संस्कार, तिमी संस्कृति, तिमी नैं भेष
तिमी साँधसिमा, तिमीमा नैं देख्छु देश
ओछ्यान तिमी, ओड्ने तिमी
तकिया तिमी, निन्द्रा तिमी
घाम तिमी, पानी तिमी
हावा तिमी, सुवास तिमी
श्वास तिमी, सहवास तिमी
अन्न तिमी, तिहुन तिमी
स्वागत तिमी, मलामी तिमी
काठ तिमी, खरानी तिमी
कोइला तिमी, बगाउने पानी तिमी
अर्को जुनी बौराउने तिमी
हो, रूपैयाँ तिमी हो, सब थोक तिमी हो ।

कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
घोल

घोल

शिवप्रसाद जैशी
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x