साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रूपैयाँ

रूखविरूवा गिट्टीवालुवा नदीनाला साँधसिमा बाचाबन्धन पराईका हातमा दिन अन्धो बनायौ ल्याप्चे ठोकायौ ओठहरू फुक्न दिएनौ जिब्रो चल्न दिएनौ ।

Nepal Telecom ad

ए रूपैयाँ
उपियाँ भएर आयौ निन्द्रा खायौ
जुम्रा लिखाको भेषमा पस्यौ
यताउता गर्दै रात कटायौ
हरेक टेलिफोनको घण्टीको आवाजमा
तिम्रै सुगन्धको आस गरायौ
मन लट्ठयायौ
मुटु धड्कायौ
चाहना भट्टयायौ
प्रेम लगायौ
सहवास गरायौ
आत्मामा मात्र तिम्रो वास गरायौ
केवल तिम्रो वास

संविधानका धारा र दफा
ऐन कानूनका ठेली
नीति नियमका फाईलहरूमा
मुसा, पुत्ला, धमिरा पठायौ
मसी पखाल्ने छानो बनायौ
कागज जलाउने ओदान बनायौ
सिद्धान्तलाई भजाउने
चरित्रलाई कजाउने
निष्ठाको तिलाञ्जली
आस्थामा श्रद्धाञ्जलि
मात्र तिमीसँग भलाभली
केवल तिमीसँग भलाभली

जुनदिन तिमी आयौ
त्यहि दिन मेरो मन गयो
नुनदेखि सुनसम्म
उनदेखि जुनसम्म
हो, मातृपितृ बिर्सायौ
आफू र आफन्त बिर्सायौ
लाएका गुन बिर्सायौ
संस्कृतिका धुन बिर्सायौ
आफ्नै पैतला मुनिको धर्ति बिर्सायौ
पितापुर्खाका अर्ति बिर्सायौ
केवल तिमीसँगको साथ सम्झायौ

तिम्रै शक्ति, तिम्रै सत्ता, तिम्रै पुजन
सहयोगी सहयात्री सबै बनायौ दुर्जन
रूखविरूवा
गिट्टीवालुवा
नदीनाला
साँधसिमा
बाचाबन्धन
पराईका हातमा दिन
अन्धो बनायौ
ल्याप्चे ठोकायौ
ओठहरू फुक्न दिएनौ
जिब्रो चल्न दिएनौ
ध्वाङ्मा विजुली पस्न दिएनौ
तिमीबाट छुट्टिन दिएनौ

तिमी संस्कार, तिमी संस्कृति, तिमी नैं भेष
तिमी साँधसिमा, तिमीमा नैं देख्छु देश
ओछ्यान तिमी, ओड्ने तिमी
तकिया तिमी, निन्द्रा तिमी
घाम तिमी, पानी तिमी
हावा तिमी, सुवास तिमी
श्वास तिमी, सहवास तिमी
अन्न तिमी, तिहुन तिमी
स्वागत तिमी, मलामी तिमी
काठ तिमी, खरानी तिमी
कोइला तिमी, बगाउने पानी तिमी
अर्को जुनी बौराउने तिमी
हो, रूपैयाँ तिमी हो, सब थोक तिमी हो ।

कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x