साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुपचाप

शासनका नाममा अन्यायको आँधीबेहेरी चलाउनेका विरूद्ध अत्याचारको कम्पन ल्याउनेका विरूद्ध मैले असाध्य पीडा सहेको छु तिमीमाथिको अन्तिम प्रहारको लागि म तिम्रा यी सब पीडा खेपिरहेको छु !

Nepal Telecom ad

म हिंड्न सक्छु
तिम्रा बिरूद्धमा
मेरा खुट्टा भाचिदेऊ

म लेख्न सक्छु
तिम्रा कर्तुतहरू
मेरा औंला काटिदेऊ

म विद्रोहमा चिच्याएर
जुलुस बन्न सक्छु
मेरो जिब्रो थुतिदेऊ

म
चुपचाप चुपचाप सहेर बस्छु
लुछ मलाई
बाँच्नै नसक्ने गरी लुछ

सहनुको विकल्प छैन
म चुपचाप सहन्छु

तिमीले बुझ्नु पर्छ
तिम्रो अन्याय अत्याचारमा
म पिँधिन तयार छु
खरानी हुन मञ्जुर छु
तर आत्महत्या गर्न सक्दिन

तिम्रो अत्याचारको बिरूद्धमा
म उठ्न नसके पनि
मेरो सहनुको पीडाले
एक दिन मान्छे त के
यो धरती फाट्ने छ
यो आकाश च्यतिने छ
हावा पनि रोकिने छ
वहन

सोच
त्यो दिनपछि तिम्रो अवस्था कस्तो होला !

शासनका नाममा
अन्यायको आँधीबेहेरी चलाउनेका
विरूद्ध
अत्याचारको कम्पन ल्याउनेका विरूद्ध
मैले असाध्य पीडा सहेको छु

तिमीमाथिको अन्तिम प्रहारको लागि
म तिम्रा यी सब पीडा खेपिरहेको छु !

आगो बोकेको समय आउनु अघि
तिम्रो सनकको जाँतोमा
अन्न पिसेजस्तो पिस मलाई !

तिम्रा विरूद्ध विद्रोहको महाभूकम्प ल्याउन
तिम्रा यातनाबाट मर्न तयार छु !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x