साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुइक्क !

नव धनाढ्य सिको गर्छ किन्छ कुकुर व्यक्तित्व विज्ञापनको फारम भर्छ कुकुर पाल्न नसक्ने हीन जाति दुनियाँ यसकै पक्षपाति गाई पाल्ने हरामखोर यस्तै यहाँको चल्ती स्वर थुइक्क ! कुकुर पाल्नु पर्ने रहेछ !

Nepal Telecom ad

कुकुर पाल्नुपर्ने रहेछ
गाई पालेर इज्जत गो
डोर्याएर सडकमा दिसा गराउँनु हुन्थ्यो
भकारो सोहोर्नलाई हैरान भो ।

कुकुर पाल्नुको सान बेग्लै
अतिथि आउँदा घ्वाङ्ग भुकिदिने
घरमा कुकुर हुनुको मान बेग्लै
पाउमा लुटुपुटु भएर झुकिदिने
भान्सामा काखमा राखेर सँगै खान हुने
गाडीमा बसाएर सँगै लान हुने
वा !! क्या गज्जब !
थुइक्क !
कुकुर पाल्नु पर्ने रहेछ !

गाई पाल्नेलाई कसैले हेर्दैन
दुध किनीदिनोस्न भन्दा पनि टेर्दैन
गोठमा गाई बाँधें भन्छु
गाईले पो आफैंलाई बाँध्दो रैछ
दुध किन्ने संस्था डेरी (टेडी ?) रैछ
त्यसैले होला
पैसा माग्न जाँदा आँखा पल्टाएर हेर्छ
जुन दिनदेखि मैले गाई पालें
यस्तो लाग्छ मैले इज्जत फालें
थुइक्क !
कुकुर पाल्नुपर्ने रहेछ !

मन्त्रीदेखि हाकिमसम्म
चढेका छन् गाडी सडकमा टम्म
काखमा राख्छन् कुकुर एउटा
उनै मालिक उनै छन् देउता
नव धनाढ्य सिको गर्छ
किन्छ कुकुर व्यक्तित्व विज्ञापनको फारम भर्छ
कुकुर पाल्न नसक्ने हीन जाति
दुनियाँ यसकै पक्षपाति
गाई पाल्ने हरामखोर
यस्तै यहाँको चल्ती स्वर
थुइक्क ! कुकुर पाल्नु पर्ने रहेछ !

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x