साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुपलाग बूढा !

साडी दौरा भ्रमण इन्धन् भन्दै पैसा अन्तै हालुन् कि अनुत्पादक क्षेत्रमा भएभरको पैसा फालुन् तिमीलाई के मतलब बूढा ! चुप लागेर सुत्नु नि !

Nepal Telecom ad

अठार रुपैयाँको ईंटामा बार रुपैंयाको भ्याट तिरोस् कि
हजार रुपैयाँको कपडा साठी रुपैयाँको भन्दै भन्सार छिरोस्
तिमीलाई के मतलब बूढा !
चुप लागेर सुत्नु नि !

साठी हजारको टेबल किन्दा
अढाई लाखको बिल काट्छन्
दुइ इन्चीको ग्राभेललाई
छ इन्चीको भन्दै ढाँट्छन्
आलु प्याज बन्दाकोपी
बिचौलिया जागेका छन्
दुई मैनामै चौबल नाफा
जग्गा दलाल लागेका छन्
दुई करोडमा जग्गा किनी दुईलाखको कर तिरोस् कि
घुस दिन नसकेको भैरे काम नबनाई घर फिरोस्
तिमीलाई के मतलब बूढा !
चुप लागेर सुत्नु नि !

ब्यापारीका पञ्जाभित्र
भ्याट बिलका ठेली बेग्लै
विकाशको रकम दिन
कर्मचारी झेली बेग्लै
मालपोत भन्सार यातायातमा
घुस चल्छ ओइरो पैरो
होटल बार रेष्टुरेन्टमा
मान्छे किन यति धुइरो ?
बजारको ब्यापारीले सामानको दाम चौबल गरोस् कि
मेनपावर भै मान्छे बेचेर अरबपति बनी लाद्रो भरोस्
तिमीलाई के मतलब बूढा !
चुप लागेर सुत्नु नि !

केन्द्र प्रदेश स्थानीय हुँदै ओइरो पैसा झर्यो
गाउँघरका ठिनेमिने सबैलाई स्वाद पर्यो
पिच गरौं बाटो भन्दा ठाडो कान क्वै लाउँदैनन् नि
अर्को बर्ष फेरि ग्राभेल छुट्याउँन पाउँदैनन् नि
साडी दौरा भ्रमण इन्धन् भन्दै पैसा अन्तै हालुन् कि
अनुत्पादक क्षेत्रमा भएभरको पैसा फालुन्
तिमीलाई के मतलब बूढा !
चुप लागेर सुत्नु नि !

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x