साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता ज्यू

हामी क्या बोर भन्दैनौं नेता ज्यू हामी हजुरलाई चोर भन्दैनौं नेता ज्यू भन्दै तेल घस्न तैयार छौँ वहाँ गद्दामा हामी भुईंमा बस्न तैयार छौं सुन्नु भो ? यसपाली आफैं उठ्नुहुन्छ रे नेता ।

Nepal Telecom ad

सुन्नु भो ?
यसपाली आफैं उठ्नु हुन्छ रे नेता
अस्ति त उठाउनु पर्थ्यो नि !
दुईचारवटा भुसतिघ्रे जुटाउनु पर्थ्यो नि !
थर् थर् थर् थर् कामिरहनु हुन्थ्यो
कुर्शीमा बस्दा पनि दुईचार जानाले थामिरहनु हुन्थ्यो
उठ्नु मात्रै कहाँ हो र
म आफैं लड्छु पनि पो भन्नुहुन्छ रे
पर्दैन कसैको सहारा
म एक्लै बढ्छु पनि पो भन्नुहुन्छ रे
हो नि!
उहाँ कहाँ हो र एता तेता
मुड्की छातीमा ठोकेर भन्नुहुन्छ
म नेता हुँ नेता ।

फेसबुकमा कतै लेख्छन्
वाह वाह ! कत्रो आँट
अनि कतै कतै लेख्छन्
छ्या अफवाह ऊ हो ढाँट ।

नेता ज्यू ! हजुर नेता बनिरहनु पर्छ
कति मिठो लाग्छ हजुर डाइलग
हरेक चुनाव पिच्छे त्यही भनिरहनु पर्छ
हामी क्या बोर भन्दैनौं नेता ज्यू
हामी हजुरलाई चोर भन्दैनौं नेता ज्यू
भन्दै तेल घस्न तैयार छौँ
वहाँ गद्दामा हामी भुईंमा बस्न तैयार छौं

सुन्नु भो ?
यसपाली आफैं उठ्नुहुन्छ रे नेता ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x