साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोज्याङ्ग्रेका एकैचोटी छ थान पुस्तक प्रकाशित

‘नव सिर्जना’ साहित्यिक त्रैमासिक पत्रिकाले प्रकाशन गरेका छ थान पुस्तकमा चारथान हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, एक थान कथा सङ्ग्रह र एक थान व्यङ्ग्य काव्य रहेका छन् ।

Nepal Telecom ad

उदयपुर गाईघाट । हास्यव्यङ्ग्य निबन्ध, कथा, लघुकथा, कविता, यात्रा संस्मरणका क्षेत्रमा कलम चलाउने माधव पोखरेल गोज्याङ्ग्रेले एकैचोटी छ थान पुस्तक प्रकाशित गरेका छन् । ‘नव सिर्जना’ साहित्यिक त्रैमासिक पत्रिकाले प्रकाशन गरेका छ थान पुस्तकमा चारथान हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, एक थान कथा सङ्ग्रह र एक थान व्यङ्ग्य काव्य रहेका छन् ।

यसअघि २०६७ सालमा हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘मुसालाई मुद्दा’ प्रकाशन गरेका गोज्याङ्ग्रेका यसपटक ‘सिंहदरबारका नरसिंहहरू’, ‘भ्रष्टपति’, ‘भ्रष्टपाल’ र ‘अथः नेता देवायै नमः’ गरी चारथान हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह, ‘मद्यशाला’ व्यङ्ग्य काव्य र ‘अवगाल’ कथासङ्ग्रह प्रकाशित भएको गोज्याङ्ग्रेले जानकारी दिएका छन् ।

२०४७ सालदेखि लेखनक्षेत्रमा लागेका गोज्याङ्ग्रे पहिले माधव पोखरेल ‘निराशी’का नामले पनि लेखरचनाहरू लेख्ने गर्दथे भने वरिष्ठ हास्यव्यङ्ग्यकार रामकुमार पाँडेको सुझाव र सल्लाह अनुसार पछि ‘निराशी’बाट गोज्याङ्ग्रे उपनामले लेखन क्षेत्रमा सक्रिय रहेका छन् ।

२०५० सालमा द रेयूकाई नेपाल चितवनको रत्ननगर टाँडी उपशाखाले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम भै पुरस्कृत भएका गोज्याङ्ग्रे २०५२ सालमा (काठमाण्डौबाट प्रकाशित हुने डा.हरि शर्माद्वारा सम्पादित नव कविता त्रैमासिक) नव कविता प्रतिभा पुरस्कारबाट र लघुकथामा २०७६ सालको बैजयन्ती स्रष्टा सम्मानबाट सम्मानित भैसकेका छन् ।

हास्यव्यङ्ग्य लेखनमा अत्यन्त उत्साहित भएर लेख्ने तर उपनाम भने ‘निराशी’ असुहाउँदो भएकोले हास्यव्यङ्ग्य लगायतका साहित्य लेखनमा गोज्याङ्ग्रे नै सुहाउँदो उपनाम भएकोले गोज्याङ्ग्रे नै लेख्न पाँडे सरको सुझाव ग्रहण गरी लेखन कार्य अघि बढाएको गोज्याङ्ग्रेले बताए ।

२०५२ सालदेखि २०६४ सालको संविधान सभा निर्वाचनसम्म १२ वर्ष नेपाल समाचारपत्रको सिन्धुली र जनकपुरको सम्वाददाता भएर काम गरिसकेका गोज्याङ्ग्रेले रेडियो बीरगञ्ज, सप्तकोशी एफएम इटहरी, नेपाल एफएम काठमाण्डौ लगायतका सञ्चार माध्यममा समेत काम गरेको अनुभव छ । नव सिर्जना साहित्यिक त्रैमासिक पत्रिका सम्पादन र प्रकाशन गरिरहेका गोज्याङ्ग्रे नेपाल साहित्यिक पत्रकार सङ्घको केन्द्रीय सदस्य हुन् भने प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाका वर्तमान अध्यक्ष पनि हुन् ।

गोज्याङ्ग्रेका हास्यव्यङ्ग्य सिर्जना केही समयदेखि नियमित रुपमा फित्कौली डटकममा प्रकाशित हुँदै आएका छन् । एकैपटक ६ वटा कृति प्रकाशित भएकामा फित्कौली डटकम हास्यव्यङ्ग्यकार गोज्याङ्ग्रेलाइ हार्दिक बधाई ज्ञापन गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x