साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलिकता चरौं

दक्षिणाका रूप हुन्छन् देवता अनुसारका गाडी डलर वा स्वर्ण वा घडेरी प्रकारका । गरौं शिष्टाचार गरौं घरमा धनले भरौं सात पुस्ता खान पुग्ने गरी अलिकता चरौं ।

Nepal Telecom ad

छिप्पिएपछि काँक्रोको अचार पनि भो अब
भ्रष्टाचार गरे ठूलो शिष्टाचार भयो अब ।।

शिष्टाचार त्यही हुन्छ शिष्टले जुन गर्दछन्
फोहरी भ्रष्ट आचार शिष्टले किन गर्दछन् ।।

जस्तै ठूलो रहोस् भारी धेरैले बोक्न सक्तछन्
बाँडी चुँडी खाइएमा जे खाए पनि पच्तछन् ।।

इन्द्रले ब्रह्महत्याको पाप सारे अरूतिर
यौटा यज्ञ गरे पुग्छ भन्छन् शास्त्रधुरन्धर ।।

यज्ञका रूप फेरिन्छन् युगका अनुसारले
पञ्चामृत सुरा बन्छन् व्यवस्था अनुसारले ।।

दक्षिणाका रूप हुन्छन् देवता अनुसारका
गाडी डलर वा स्वर्ण वा घडेरी प्रकारका ।।

गरौं शिष्टाचार गरौं घरमा धनले भरौं
सात पुस्ता खान पुग्ने गरी अलिकता चरौं ।।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x