साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कसरी क्रान्तिकारी भएँ

न त कसैका मानहानीमा अदालतको तारिख पर्चा बोकेँ न त देशको भँडारे भएर कहिले भुँडी पल्टाएँ न त भाइअंश लुकाएर खाएँ अनि म कसरी क्रान्तिकारी भएँ ?

Nepal Telecom ad

ओ… जी, सुन्नु होस् त
न त मैले शहरमा डडेलो लगाएँ
न त बस्ती बस्तीमा खोलो भएर नै पसेँ
न त जनआन्दोलनको नाममा देशमा ब्रम्हलुट नै मच्चाएँ
न त सडकको रातो बत्तीलाई कालो रङ्ग भने
अनि म कसरी क्रान्तिकारी भएँ ?

ओ… जी, सुन्नु भएन ?
अर्थ न बर्थ गोविन्द गाई भन्ने तपाई को हो ?
आखिर म कहिले संवेदनाहीन भएँ
न त कसैबाट दलालीको पदवी पाएँ
न त राजस्वछलीमा अख्तियार धाएँ
न त कसैका मानहानीमा अदालतको तारिख पर्चा बोकेँ
न त देशको भँडारे भएर कहिले भुँडी पल्टाएँ
न त भाइअंश लुकाएर खाएँ
अनि म कसरी क्रान्तिकारी भएँ ?

न त कसैको साँध सिमाना मिचेर खाएँ
न त कहिले अन्याय र अत्यचारको रङ्ग बनेँ
न त समुन्द्रको ठुलो ह्वेलमाछालाई भ्यागुतो भनेँ
देश दुखेको बेला
भोकको रङ्ग कस्तो हुन्छ ?
ओ… जी, सुन्नु भएन
हो त्यही भएर म उत्सर्गको रङ्ग एउटै अकाशमा खोज्दैछु
आखिर म कसरी क्रान्तिकारी भएँ ?

०००
हाल : सिड्नी अस्टेलिया
२०७९ भाद्र १९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x