साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जंगल र मान्छेहरू

आमाहरूको अस्मिता डाँकुहरूले लुट्नु दलालहरूले खरिद गर्नु मान्छेहरूको आवाज र/चुपचाप गएर बस्नु सबै चेतना जंगलमा !

Nepal Telecom ad

घाम डुब्नु र/चुहिनु पातमा-
तप्प !
एकथोपा आँसु
यो कुनै ठूलो घटना होइन ।

विचारको जंगलमा जे जति हराएको छ
त्यो हावाले टिपेर लगेको छ ।

विधवा आइमाई माइती जाँदै गरेको बेला
जुन बाटोले छेक्यो उनको पाईताला
र/उनको आँखामा जसले छ्याप्यो तुवाँलो
अहिले त्यो मौन छ ।

स्कुले विध्यार्थी किताब च्यापेर
जुन बाटो हिंड्यो
र/फर्केर आएन
त्यो बाटो अहिले मौन छ ।

जसरी मौन छ यो राष्ट्रको सरकार
जसरी मौन छ हत्यारा
र/जसरी मौन छ अघाएका मान्छेहरू !

पानी पर्नु-
र/पातमा ठोक्किएर चक्नाचुर हुनु सपना
यो कुनै ठूलो दुर्घटना होइन ।

समयले उठाउँदै लगेको मुचुल्कामा
दस्तखत गर्न एकसे एक मुर्दाहरू जीवित छन् !

लासहरूमाथि उभिएको उन्मत्त सत्ता-
निरिहहरूको काँधमा चढेर फर्मान जारी गरिरहेको छ

-अबदेखि
खुट्टा नबोक्नु यात्रामा खतरा छ !
– मस्तिष्क नबोक्नु टाउकोमा
र/छलफलमा भाग नलिनु खतरा छ

खतरा छ केहि सोच्नु !
– न्याय नखोज्नु खतरा छ ।
माछा हुनु
र/हाजिर हुनु टेबुलमा ।

बरु- उफ्रनु भ्यागुतो
र/कुवामा खस्नु ।
नलगाउनु कालो वस्त्र
बरु- नांगो हुनु ।

बरु- गएर कतै समाप्त हुनु
देखा नपर्नु यो भूगोलको वरपर ।

खाली पेट –
सबैभन्दा खतरनाक हुन्छ निरंकुश व्यवस्थामा ।
जसरी चुहिनु
तप्प !
अभावको छानोबाट उत्तेजना
र/हिंड्नु विरोधमा लस्कर ।

विचारको जंगलमा आगो लाग्नु र
ठिक दिशातिर हावा नचल्नु
– मौन बस्नु चिरा परेको धर्ती !

आमाहरूको अस्मिता डाँकुहरूले लुट्नु
दलालहरूले खरिद गर्नु मान्छेहरूको आवाज
र/चुपचाप गएर बस्नु सबै चेतना जंगलमा !

मलाई शंका लागेको छ
मेरो देशबाटै मेरो देश अपहरणमा परेको छ ।

अब-
गएर जंगलमा मान्छे खोज्नु छ
र/मुक्त गर्नुछ-
जंगलबाट मान्छेको विचार !

र/मुक्त गर्नुछ-
मौनताको कठघराबाट सम्पूर्ण कैदीहरूलाई !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x