माैन आवाजएकादेशको शासक
नयाँ शासक केहि नयाँ गर्न चाहन्थ्यो नयाँ शासकले एउटा अनौठो उर्दी जारी गर्यो- अबदेखि यो देश गणतान्त्रिक देश हुनेछ । स्वाभाविक हो हामी त्यही देशका नागरिक हौं !
मौन आवाज :
मान्छेहरू
भोकै थिए तर/मौन थिए !
मान्छेहरू
नांगै थिए तर/मौन थिए !
मान्छेहरू
आजित थिए तर/मौन थिए !
आवाज हराएर
मान्छेहरू मस्त निदाईरहेको देशमा
एकदिन विष्फोट भयो ।
मस्तिष्कबाट विचार हुत्याएर
मानिसहरू भाग्न थाले
सम्पूणर् उत्तेजना सखाप भैसकेको माटोमा
अकस्मात
चिसा पाइतालाहरू घिसार्दै फुत्त निस्कियो
समयको एउटा नयाँ शासक
र/घोषणा गर्यो- प्रेमको मृत्यु !
– बहुलताको मृत्यु !
फूलहरूलाई कारावास पठायो
काँडाहरूले दरबार घेर्यो
र/प्रेमीहरूलाई फाँसी दियो !
सुन्दर स्त्रीहरूका छाला काढेर
सहरका पर्खालहरूमा टाँग्यो
विशाल खाल्डाहरूमा योनीहरू पुर्यो
र लिङ्ग काटिएका सिपाहीहरूलाई गस्तीमा खटायो ।
सपना देख्ने आँखाहरू निकाल्यो
र गिद्धलाई दियो ।
प्रतिरोधी हृदयहरू छातिबाट झिक्यो
र कुकुरलाई दियो ।
हिंड्न् सक्ने खुट्टाहरू जमिनबाट उखेल्यो
र रुखमा झुण्ड्याइदियो ।
सम्पणर् शरीरहरूबाट रगत झिक्यो
वीर्य झिक्यो
स्वास झिक्यो
र सबैभन्दा महत्वपूणर् संवेदना झिक्यो ।
– कल्पना शक्ति झिक्यो
– सिर्जना शक्ति झिक्यो ।
नयाँ शासक नपुंसक थियो
उसले चिन्तनका सबै सम्भावनाहरू नष्ट गर्यो ।
नयाँ शासक गँजेडी थियो
उसले गाँजा खेती गर्यो ।
नयाँ शासक रक्स्याहा थियो
उसले मदिरा उत्पादन गर्यो ।
नयाँ शासक सन्की थियो
उसले अनेक उपद्रो गर्यो ।
तुषारोको मौसममा नग्न दौड
गर्मी याममा अग्नि – नृत्य
वर्षातमा रात्री – उत्सव
र हरेक वर्ष आफ्नो जन्मदिनमा राष्ट्रिय दिवस मनायो !
नयाँ शासकले
नयाँ संविधान बनायो ।
– मुर्खलाई मुख्यमन्त्री
– पत्रुलाई परराष्ट्रमन्त्री
– गुण्डालाई गृहमन्त्री
– डाँकालाई रक्षामन्त्री
– फटाहालाई सल्लाहकार
र चोरलाई न्यायाधीश नियुक्ति गर्यो ।
नयाँ शासक केहि नयाँ गर्न चाहन्थ्यो
नयाँ शासकले
एउटा अनौठो उर्दी जारी गर्यो-
अबदेखि
यो देश गणतान्त्रिक देश हुनेछ ।
स्वाभाविक हो
हामी त्यही देशका नागरिक हौं !
०००
गोरखा
Subscribe
Login
0 Comments
Oldest







































