साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दासहरूको कुनै देश हुँदैन

जसको स्वतन्त्र पीडा हुँदैन - त्यो दास हो ! दासहरूको कुनै भूगोल/संस्कृति र सभ्यता हुँदैन । किनकि - दासहरूको कुनै देश हुँदैन !

Nepal Telecom ad

अलिकति माटो
र/अलिकति आकाश नहुने मान्छे दास हो !
अलिकति चिन्तन
र/अलिकति विद्रोह नहुने मान्छे दास हो !

जसको आफ्नो निजी घृणा हुँदैन
जसको आफ्नो निजी प्रेम हुँदैन
– त्यो दास हो !

जो अँध्यारोसँग तर्सन्छ
र/उज्यालो मागेर यात्रा गर्छ
– त्यो दास हो !

जो भोकको लागि आफूलाई बेच्छ
– त्यो दास हो !

जसले हाँस्न अनुमति माग्छ
जसले रुन अनुमति माग्छ
– त्यो दास हो !

जो हरदम भइरहन्छ आफ्नै छायाँसँग भयभीत
– त्यो दास हो !

जसले आफ्नो टाउकोमा बोक्दैन
आफ्नै विचार
र/जो आफैसँग लड्दैन
– त्यो दास हो !

जो इशारामा बाँच्छ
– त्यो दास हो !
जो तयार छैन मान्छे हुन
– त्यो दास हो !

जसले निर्माण गर्दैन प्रतिरोधको हतियार
र/गर्दैन आफ्नै कायरतामाथि प्रहार
– त्यो दास हो !

जो मौन छ –
र/जसले चुपचाप स्वीकार गर्छ प्रतिबन्धित जीवन
– त्यो दास हो !

जसले आफ्नै सपनाको रक्षा गर्न सक्दैन
– त्यो दास हो !
जसको स्वतन्त्र पीडा हुँदैन
– त्यो दास हो !

दासहरूको कुनै भूगोल/संस्कृति र सभ्यता हुँदैन ।
किनकि –
दासहरूको कुनै देश हुँदैन !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x