साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

नाम तथा बदनाम धुवाँ बराबर रहेछ मित्र ! धुवाँ त यज्ञ गरे नि आउँछ, टायर जले नि आउँछ ।

Nepal Telecom ad

१.
अनाचारी प्रवृत्तिको दूरदर्शी मित्र हुँदैन
कर्मठ राजनेताको दोधारे चरित्र हुँदैन
पारदर्शीतानै व्यवहार कौशल हो नेताजी !
जिम्मेवार राजनीति कालो पर्दाभित्र हुँदैन ।

२.
यहाँ जन आवाज नयाँ चलन चले नि आउँछ
सहयात्रीलाई बिच बाटोमा छले नि आउँछ
नाम तथा बदनाम धुवाँ बराबर रहेछ मित्र !
धुवाँ त यज्ञ गरे नि आउँछ, टायर जले नि आउँछ ।

३.
जनमत लहर हो आउन जान सक्छ
उस्तै परे कुनै पुरानो नेता खान सक्छ
युवा शक्तिको सही प्रयोग भयो भने त
विकसित नयाँ गोरेटोतिर लान सक्छ ।

४.
गतिशील छ, न रोकिन्छ, न पर्खिन्छ
न कुनै छुटेको वस्तु लिन फर्किन्छ
जति शक्तिशाली भए पनि समय
महत्व नबुझ्नेसँग भने तर्किन्छ ।


कसैलाई चारैतिर सत्रै सत्र छ
कसैसँग जन्मजात अधिपत्र छ
छ, सबै कुरा छ, के छैन ? तर यहाँ
सामाजिक उपक्रम अलपत्र छ ।

०००
पोखरा-१०
हाल- ओहायो, संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x