साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नीलो रंग

म/सोचिरहेको छु यो नीलाम्मे माटोमा अब बग्ने रगतको रंग कस्तो हुनेछ ? किनकी यतिखेर यो देशको शासकले हेरिरहेको फिल्म पनि नीलो छ !

Nepal Telecom ad

कोही त अवश्य छ ।

जसले पठाइरहेको छ नीला सलहहरू
हाम्रा संस्कृतिका हरिया फाँटहरूमा !

नीलो
निख्खर नीलो भेषमा उपस्थित छ
यतिखेर/समयको रंग !

ठ्याक्कै
आकाश जस्तै
समुन्द्र जस्तै
नीलो हुन्छ यातनाको रंग पनि !

निरन्तर घुमिरहेको पृथ्वीको समस्त गतहरूमा
जब/जब ठोकिन्छ चेतनासँग पदार्थ
जब/जब ठोकिन्छ मृत्युसँग अस्तित्व ।

तब/तब यसरी नै
नीलो हुन्छ परिस्थितिहरूको रंग !

जस्तो कि
अनन्त कालदेखि संक्रमणमा हिंडिआएको
हजुरआमाहरूको श्रापित योनी जस्तै
नीलो छ हाम्रो इतिहास ।

जस्तो कि
हाम्रा अचेत मस्तिष्कहरू टेकेर
निर्धक्क कुदिरहेको छ युगौंदेखि नीलो बतास ।

जस्तो कि
हाम्रा घर/गाउँहरू बगाउँदै राजधानी पसिरहेको छ-
नीलो पहिरो ।

जस्तो कि
हाम्रो आदिवासी देह कुल्चेर
यात्रारत छ आधुनिकताको नीलो सभ्यता ।

जस्तो कि
भ्यागुता झैं
बेहोसीको नीलो कुवामा हामी मौन छौं !

जस्तो कि
कोमाग्रस्त हामीहरू केवल हेरिरहेका छौं
आमाहरूको सेतो ब्लाउज
भाउजूहरूको सेतो फरिया
र छोरीहरूका रंगीन फ्रकहरूमाथि
घिस्रिरहेका नीला नीला कामुक आँखाहरू !

हामीहरू
यस धर्तीका मौलिक सन्तानहरू !
हामीहरू मूक हेरिरहेका छौं
तिघ्राका नीला/नीला निलडामहरू

नीला झिंगाहरू
नीला नीला दाँतहरू
नीला नीला प्रकोप र आतंकहरू !
सर्वत्र

नीलो रंग व्याप्त छ यतिखेर !
यतिखेर
अक्षरहरू नीला छन्
कविताहरू नीला छन् ।

यतिखेर
राष्ट्रको झण्डा नीलो छ
नीलो छ राष्ट्रिय गान !
प्रतिरोधमा हिँडिरहेको जुलुस नीलो छ
नारा नीलो छ ।

नीलो छ मसाल
आन्दोलन नीलो छ
नीलै छ आदर्शहरूको स्वरुप !

यतिखेर
हरेक साँझ/बिहान नीलो छ ।
– घाम नीलो छ ।
– जून नीलो छ ।
– सपना नीलो छ ।
– विपना नीलो छ ।

म/सोचिरहेको छु
यो नीलाम्मे माटोमा अब बग्ने रगतको रंग कस्तो हुनेछ ?
किनकी
यतिखेर यो देशको शासकले हेरिरहेको फिल्म पनि
नीलो छ !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x