साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दण्डपाणि नन्दकुमारी राष्ट्रिय पुरस्कार विष्णु प्रभातलाई

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मन्त्री श्रेष्ठले सम्मानित व्यक्तित्व विष्णु प्रभातलाई दोसल्ला ओढाई अभिनन्दन पत्र र नगदराशि रु. पच्चीस हजार अर्पण गरी सम्मान गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०७९ चैत २७ । दण्डपाणि अर्ज्याल  स्मृतिकेन्द्र काठमाडौँले विगत वर्षहरूमा जस्तै २०७९ सालको “दण्डपाणि नन्दकुमारी राष्ट्रिय पुरस्कार” अर्पण तथा “ज्ञानबिन्दु” अङ्क – १४ लोकार्पण गरेको छ ।

जुम प्रविधिमा सम्पन्न लोकार्पण कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संस्कृतिविद् तथा प्राज्ञ विष्णु प्रभातलाई सो पुरस्कार प्रदान गर्नुभएको भिडियो क्लिप प्रदर्शन गरिएको थियो । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मन्त्री श्रेष्ठले सम्मानित व्यक्तित्व विष्णु प्रभातलाई दोसल्ला ओढाई अभिनन्दन पत्र र नगदराशि रु. पच्चीस हजार अर्पण गरी सम्मान गर्नुभएको थियो ।

यता जुम कार्यक्रममा कोषका संस्थापकहरू एन.आर.एन.ए.फ्रान्सका संस्थापक अध्यक्ष एवं कवि हरिहर अर्यालले विगतका वर्षहरूमा पुरस्कृत व्यक्तित्वका बारेमा तथा साहित्यकार राजेन्द्रप्रसाद अर्यालले २०७९ मा पुरस्कृत प्रतिभा विष्णु प्रभातको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

त्यसैगरी ज्ञानबिन्दु अङ्क १४ को सम्पादकीय मन्तव्य केन्द्रका सदस्य तिलकप्रसाद लुइँटेलले राख्नुभएको सभामा प्रा .शिवहरि मरहठ्ठा, प्रा.डा.सुरेन्द्र केसी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा ईश्वरचन्द्र देवकोटाले शुभकामना मन्तव्य दिनुभएको थियो ।

जुम प्रविधिबाट सन्चालित सो कार्यक्रम केन्द्रका महासचिव कपिलचन्द्र खनालले सञ्चालन गर्नुभएको समारोहमा अन्तराष्ट्रिय साहित्य समाजका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, अन्तराष्ट्रिय गोरखा समाज जापानका महासचिव विराट खनाललगायत विभिन्न देशबाट साहित्यानुरागी प्रबुद्ध वर्ग तथा केन्द्रका परिवारजन जोडिनुभएको थियो ।

नामित प्रतिभा स्व. दण्डपाणि अर्याल इतिहासविद, ज्योतिषज्ञ, समाजशास्त्री र शिक्षासेवी विद्वान् हुनुहुन्थ्यो भने स्व. नन्दकुमारी उहाँकी धर्मपत्नी हुनुहुन्थ्यो ।

केन्द्रका अध्यक्ष इ.ईश्वरचन्द्र बानियाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा विशेष अतिथिका रूपमा संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. शिवहरि मरहठ्ठा, संस्थाद्वारा २०६९ मा र २०७८ मा पुरस्कृत व्यक्तित्त्वद्वय कमशः प्रा.डा. सुरेन्द्र के.सी., प्रा .रमा शर्मा उपस्थित हुनुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x