साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाम तापिरहेको बुद्धिजीवी

तासको खालबाट फर्केदेखि भट्टी पसलबाट फर्केदेखि वहाँलाई तारन्तार पखाला लागिरहेको छ ! अहिले वहाँ ट्वाईलेटमा हुनुहुन्छ र यो समयको सर्वाधिक चिन्ताको विषयमाथि चिन्तन गरिरहनु भएको छ !

Nepal Telecom ad

मौन आवाज :

अहिले वहाँ
अत्यन्त सन्तापमा हुनुहुन्छ !
यो समयको सर्वाधिक चिन्ताको विषयमाथि
वहाँ चिन्तन गरिरहनु भएको छ ।

जस्तै
सागबारीमा घाँस उम्रदै गएको
छिमेकी महिला सपनामा आएको
शरीर शिथिल हुँदै गएको
मोबाइलको व्यालेन्स छिटो छिटो सकिएको
घरको रंग खुईलिंदै गएको
कपाल फुल्दै गएको ।

जस्तै
तातोपानीले नुहाउनुपर्ने
औंलाका नङहरू काट्नुपर्ने
दार्हीमा कालो लाउनुपर्ने
एकजोर नयाँ कोट सिलाउनुपर्ने
आँखीभुइँ मिलाउनुपर्ने ।

जस्तै
हरेकदिन बिहानै उठ्नुपर्ने
बजार जानुपर्ने
चिनी चियापत्ती किन्नुपर्ने
दुधवालासँग बाझ्नुपर्ने
प्रेसर नाप्नुपर्ने !

जस्तै
नातिलाई स्कुल पुर्याउनुपर्ने / ल्याउनुपर्ने
अखबारका हेडलाईनहरू हेर्नुपर्ने !

जस्तै
चिया पसलमा बसेर दर्शन जस्तो गफ
गफ जस्तो दर्शन खोक्नुपर्ने
गएका हजारौं वर्षहरूदेखि
आउने हजारौं वर्षहरूसम्मको
हिसाब किताब राख्नुपर्ने !

जस्तै
यो सरकार समाजवाद उन्मुख छ भन्नुपर्ने
एक बोत्तल रम वा भोड्का खल्तीमा हाल्नुपर्ने !
यो जाडोमा लुतो कन्याउँदै
घाम तापिरहेको बुद्धिजीवीको मस्तिष्कमा
अनेक चिन्तन चलिरहेको छ ।
अहिले वहाँ
अत्यन्त सन्तापमा हुनुहुन्छ !

जस्तै
तासको खालबाट फर्केदेखि
भट्टी पसलबाट फर्केदेखि
वहाँलाई तारन्तार पखाला लागिरहेको छ !
अहिले वहाँ
ट्वाईलेटमा हुनुहुन्छ
र यो समयको सर्वाधिक चिन्ताको विषयमाथि
चिन्तन गरिरहनु भएको छ !
अहिले उहाँ
घरको छतमा घाम तापिरहनु भएको छ ।

यसरी यो देश
घाम तापिरहेका बुद्धिजीवीहरूसँग
गुन्द्रुक सुकाउँदै छ !

०००
थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x