साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम – ३५

चुनाव हुनुभन्दा एक हप्ता अगाडिबाट नै नेपालीहरूले विभिन्न स्थानमा म:म: वितरण गर्दै ममदानीलाई मतदान गर्न आह्वान गरेका थिए। चिसो मौसममा म:म:को तातोपनसँगै ममदानीले न्युयोर्कको राजनीति समेत तताएका छन् ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

अम्रिकामा भर्खरै स्थानीय चुनाव सम्पन्न भयो। चुनाव जसले जहाँ जिते वा हारे पनि सबैको दिमाग भने न्युयोर्कका ममदानी तिर नै केन्द्रित रह्यो। त्यसमा पनि अम्रिकामा बस्ने नेपालीहरूको चासो झन् धेरै । मुख्य कारणहरू मध्य तीन कारण तल क्रमशः प्रस्तुत छन् — ढुक्क भएर पढ्दै जानुहोस्।

सबैभन्दा पहिलो — उनी हाम्रो छिमेकी देश भारतका थप्पकै भान्जा,थर ममदानी। “म:म:” — हामी नेपालीहरूको मनपर्ने परिकारलाई ध्यानमा राखेर उनको नाम–थर नै जुरिएको जस्तो लाग्छ। त्यसैले होला, चुनाव जितेको साँझ उनले हतारहतार एक नेपाली रेस्टुरेन्टमा पुगेर म:म: खाएको फोटो सामाजिक सञ्जालमा भाइरल भयो। त्यो फोटो न्युयोर्कमा बस्ने उनका प्रमुख सहयोगी विष्णु राम्रा मगरले पहिलोपटक फेसबुकमा राखेका थिए।

दोस्रो — उनलाई न्युयोर्कमा बस्ने एक जना बाहेक सबै नेपालीले भोट हालेका थिए। “रविन पासा” बाहेक हरेक नेपालीले उनलाई मत दिएको भनिन्छ। केहीले त सिटिजन नभए पनि ‘ठ्याकठुक’ कुरा मिलाएर भोट हालिदिएको खबर सरगम बठ्ठाराईले मलाई म्यासेजमार्फत जानकारी दिएका थिए।

तेस्रो कुरा — ममदानी धेरै दानी हुनाले चुनाव जितेपछि न्युयोर्कका नेपालीहरूलाई बस/ट्रेनमा भाडा नलाग्ने, किनमेल गर्दा म:म: को कीमा, र्याप, बन्दाको मूल्यमा ५०% छुट, र नेपालीहरू बस्ने घरभाडामा पनि विशेष छुट दिने घोषणा गरेको बताइन्छ।

चुनाव हुनुभन्दा एक हप्ता अगाडिबाट नै नेपालीहरूले विभिन्न स्थानमा म:म: वितरण गर्दै ममदानीलाई मतदान गर्न आह्वान गरेका थिए। चिसो मौसममा म:म:को तातोपनसँगै ममदानीले न्युयोर्कको राजनीति समेत तताएका छन् ।

हिजो मात्र नेपालीहरुले ज्याक्सन हाइट्सको तल्लो तलामा उनलाई बधाई दिन विशेष म:म: पार्टीको आयोजना गरेका थिए । सो पार्टीमा बोल्दै ममदानीले नेपालका Gen Z हरूलाई एउटा विशेष सन्देश दिए,
त्यो हो “Turn your volume up.”

०००
व्यङ्ग्य लेखक: नुन चिनी पानी “अमेरिकाका परिकल्पनाकार ।”

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x