साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखक बन्ने धुनमा

सबैको उधारो तिर्ने र किताब फिर्ता लैजाने सहमतिपछि बजारबाट फुत्कन पाएँ । भर्खरै मन्त्री भएका लेखकले के गरी किताब बेचे होलान्। किताब बेच्न सजिलो होला कि मन्त्री बन्न म ध्यानमा बसी सोचिरहेछु ।

Nepal Telecom ad

भलादमी भाेला :

घरमा नुन सकिएर बुढीले झर्केको बेलामा म फन्केर हिँडिदिएँ। जान त कहाँ जान सकिन्छ र!गर्न त के गर्न सकिन्छ र ! दाँतले एक फाँको मकै पनि चपाउन सक्दैन। घुँडाको पाङ्ग्रो घोटिएर न उकालो चढ्न सकिन्छ न ओरालो झर्न सकिन्छ। घुर्की लगाउनु भन्दा के नै गर्न सकिन्छ र बुढेसकालमा ।ल्यापटप ट्यापट्याप पारेर कहिले तल,कहिले माथि, कहिले ह्रस्व, कहिले दीर्घ, तर्कुले र बाहिमात्रा मिलाउँदा मिलाउँदै आँखाको ज्योतिमा मोति परेर मधुरो बलेको छ जीवनको बत्ती। यस्तो बेलामा भान्सामा नुन सकिएको खबरले कानमा रबर हाने झैँ भयो ।

भन्न त मन थियो ठुलो स्वरले अलिनो नै घिच, तेरा माइतीले कहिले नुन हालेर तरकारी पकाएका हुन् र फुर्ती गर्छेस् तर उसको भन्दा पहिला आफूलाई नै भोक लाग्थ्यो । अलिनो आफैँले निल्नु थियो। त्यसैले जुरुक्क उठेर खुरुक्क तुरतुरे साँहिलाको किराना पसलमा चिहाउन पुगेँ । ल्याउनु थियो उधारो। लाज नमानिकन मुख फुकाएँ।उसको पसलमा बुहुनी भएको थियो कि थिएन नलजाई मागिदिएँ ।साहु एक पोको नुन ल्याऊ । ऊ रन्कन्छ या झस्कन्छ मलाई पत्तो थिएन। अस्ति आफैंले लेखेको पाँचवटा किताब जबरजस्ती उधारोमा हिसाब गरेर पसलको पन्ध्र सय फच्चे गरेको थिएँ मैले। सायद उसले असुल भनेर खाता के-यो कि केरेन त्यो पनि बुझ्नु थियो । अब किताब खाली सिसी र पुराना कागजलाई दिएर नुन किनेर खानु मेरो पसलमा नआउनु। पन्ध्र सय तिमीलाई दान नै भयो ।ऊ रिसायो जोडले ।उसले पाँचवटा किताब झट्टी हानी दियो । मेरो किताबको भाउ यसरी ह्वात्तै घटाउने थाहा पाएपछि मेरो पारो पनि राम्रैसँग तात्यो ।

कसलाई जिम्मा लगाउने यत्रा किताब । गोजीबाट मोबाइल झिकेर फोन घुमाएँ कट्टु लगाएर लखर लखर ससुराली जाने कटवाल काजीलाई। लु घरतिरै आउनुस् भनेर उनले वचन दिए। आधा घण्टा हिँडेर उनको चोकमा चौकीदारी गर्न पुगेँ । एक घण्टासम्म चौकीदारी गर्दा पनि नआएपछि फेरि फोन घुमाएँ। उनले मोबाइल अफ गरेछन् । किताबै लिनु थिएन भने किन बोलाउनु यहाँ आफूलाई किताब बेचेर नुन लिएर जानु थियो । म चोकमा चेपिएर निराश भएर फर्किए।

किताब निकालेर पैसा खर्च गरेदेखि घरमा कसैको अनुहार हँसिलो छैन, वचन रसिलो छैन। खानपिनमा कटौती भएको छ। सरसल्लाह आफू खुसी भएको छ।आफू सुत्ने खाटमा किताबका चाङ लगाएपछि मेरो बिस्तारा भुइँमा झरेको छ। राति भुइँमा सुतेपछि टाउकाका जुम्रा मार्न साङ्लाहरु आइपुग्छन् । मुसाहरूको गस्ती शिरदेखि पाउसम्म सिठी बजाउँदै हुने गर्छ । कुनैले कानका लोती टोक्छन् कुनैले खुट्टाको कान्छी औलो टोक्छन् । उज्यालो देख्यो कि भाग्छन् । यिनीहरू प्रतिपक्ष जस्ता छन् घरी किताब टोक्छन् घरी लुगा टोकेर नाङ्गै पारि जान्छन् ।

घरबाट नुन लिन हिँडेको म किताबको रन्काले पिसाबै छुट्ला जस्तो भो। यसो मानेको कपडा पसलबाट उसको शौचालय छिर्दा ऊ ताला लिएर चाबी मार्न अगाडि नै लाग्यो। जाउँ कता ? ऊ नरिसाओस् पनि किन। अस्ति दुई हजारको कपडा किनेर सातवटा किताब थमाई हिँडेको म। अब पिसाब कहाँ छोड्ने। लागेँ परमेश्वर हजामको तिर । ए हजुर ! तपाईंको किताब लैजानुस् त। तीनचोटी कपाल काटेको ज्याला यो किताब मैले के गर्नु। मैले घरबेटीलाई भाडा किताब दिने हो। उसले म शौचालय पस्दै गर्दा वचन लगायो । मलाई कतै दुखेन। मलाई साह्रै आनन्द भयो। किनकि मैले पिसाब बगाउन पाएँ ।

केही नभनी म त्यहाँबाट टाप कसेँ । पुग्नु थियो किराना पसल । बाटामा रहेको डेरीकी साहुनी फरिया उचाल्दै बाटै छेक्न आइपुगी । तीन लिटर दुध लगेर किताब थमाएर हिँड्ने ? तरकारी पसलेले पनि त्यसैमा हो मा हो मिलायो। बजारमा सबैले मलाई घेर्न थाले। मैले पुर्पुरोमा हात पुर्‍याएँ । आज भान्सामा नुनको जोहो नहुने भयो। सबै पसलको उधारो हिसाब गरी तिर्दा टुप्पी डुब्ने रहेछ। त्यसमाथि किताबले थिचेपछि चुर्लुम्मै पो भइन्छ क्यारे!

सबैको उधारो तिर्ने र किताब फिर्ता लैजाने सहमतिपछि बजारबाट फुत्कन पाएँ । भर्खरै मन्त्री भएका लेखकले के गरी किताब बेचे होलान्। किताब बेच्न सजिलो होला कि मन्त्री बन्न म ध्यानमा बसी सोचिरहेछु ।

अब भोलिदेखि घरमा भात पाक्न छोड्छ। जाडो बढ्दैछ दिनको चार पटक चिया त खानैपर्ने त्यो पनि हराउँदै छ।

पचिस रूपैयाँको नुन किन्न नसकेर अलिनो तरकारी खाएको मैले सय नाघेको चिनी कसरी किन्न सकुँला।

तपाईँ मेरो गुनासो सुनिदिनुहोस् । लौ न मलाई लेखक बनाइदिन एकएक प्रति किताब किनिदिनुहोस्।

०००
ओखलढुङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x