साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदिवासीहरू

तपाइँका राजाहरूलाई थाहा नहुन सक्छ बनाईसक्यौँ हामीले हाम्रा जीवन मृत्युका विधि विधानहरू परम्परा/मूल्य/मान्यता/संस्कार र संस्कृति ! निर्माण गरिसक्यौँ हामीले हाम्रो अस्तित्वको पहिचान अब त म आफै मुखिया भइसकेँ हजुर !

Nepal Telecom ad

मौन आवाज :

सभ्यताको कठिन बाटोबाट आउनु भएछ
असाध्यै दुख्यो होला- पाइताला !

यो निर्जन जङ्गलमा
यो कहालीमा
काँडाका तिखा सुइराले घोच्चिएर
सर्वत्र च्यातिएछन्- तपाईंका आधुनिकता !

कति कोमल हजुरको काया
घामबाट जोगिएका अङ्ग/प्रत्यङ्ग
चिसो, कठोर स्याँठले नछोइएका
हजुरका गरम/गरम श्वास !

आउँदै गर्दा पहाडमा/हामी बसिरहेको यो भू-भागमा
माटोको दुर्गन्ध आउँछ भन्नु भो
उकालीमा ‘लु’ लाग्ला
बिस्तारै सवारी हुनुहोस् !

अँ, साँच्चै !
कसरी पो बरु बिराउनु भएछ बाटो ?
जानीजानी त कसले पो टेक्छ र विकटता ?

यता, हाम्रोतिर मानिसहरू कमै हिँड्छन्
तपाईंलाई देखेपछि लाग्यो
अब/बिस्तारै केही होला !

जस्तो कि
पोहोर हाम्रा मुखियाले
ल्याएका थिए केही आश्वासन-

– प्रत्येक दसैंमा एउटा खसी
– केही लत्ताकपडा
– जङ्गलैभरिको निर्वाध स्वतन्त्रता,
आदि/आदि ….

अब त हाम्रो मुखिया पनि मर्नु भो !

हुन त
मृत्युलाई परम्पराले नबचाउँने रहेछ …

मेरै अगाडि मेरा बा मरे
मरिन् आमा पनि
उहाँहरूको अन्त्यष्टि परम्परा अनुसारै गरेर
म/यता उछिट्टिएर आएँ यो जङ्गलमा ।

भन्दिन म
यो जङ्गलको लालपुर्जा मसँग छ
तर, मलाई यसको औधी माया छ ।

यदि सुनिन एकक्षण चराहरूको चिरबिर
म आत्तिन्छु
देखिंन यदि वृक्षहरू आश्रयहिन जस्तै हुन्छु
यदि हिँडिन उकालो/ओरालो
मृत झैं हुन्छु !

नदीहरूका कलकल ध्वनिहरू सङ्गीत हुन् मेरा
फूल/पात/लता/लहरा रमझम हुन् हाम्रा !

भन्न बिर्सिएँ
मैले यता आएर बनाईसकेँ मेरो बस्ती
बनाईसकेँ सामाजिक संरचना (!)

तपाईंको राज्यलाई
तपाइँका राजाहरूलाई थाहा नहुन सक्छ
बनाईसक्यौँ हामीले
हाम्रा जीवन मृत्युका विधि विधानहरू
परम्परा/मूल्य/मान्यता/संस्कार र संस्कृति !

निर्माण गरिसक्यौँ हामीले हाम्रो अस्तित्वको पहिचान
अब त म आफै मुखिया भइसकेँ हजुर !

यहाँ यो हाम्रो आदिभूमिमा
निक्कैबेर अल्मल गर्नुभो,
– कतै तपाईं सुराकी त हैन सरकारको ?
– कतै तिमी एजेन्ट त होइनौ बहुराष्ट्रिय कम्पनीको ?
– कतै तँ विखण्डनकारी त हैनस् हाम्रो मौलिकताको ?

खबरदार !
कर्पोरेट विश्वलाई भनिदिनू यहाँबाट फर्कंदा
अझै जीवित छन् आदिवासीहरू !

०००
गोरखा

इलस्ट्रेसन आर्ट : गुगलेश्वर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x