साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खसी आए

कुनै चुनावमा चाख्न लगिए, सुकुटी बनाएर चपाउन लगिए, जे जसरी भए पनि अघाउन लगिए, सबैले एक एक ओटा दाम्लो समाओ, लौ केटाकेटी हो चाँडो आओ ।

Nepal Telecom ad

लौ केटाकेटी हो खसी आए
कुनै काला आए
कुनै सेता आए
कुनै नम्बर हानेका आए ।

कुनै कान छेडेका आए
कुनै दारी पालेका आए
कुनै दारी फालेका आए
चोक चोकमा आए
टोल टोलमा आए
लौ केटाकेटी हो खसी आए ।

कुनै मुडुला आए
कुनै सिँगाने आए
कुनै गाँडे आए
कुनै साँढे आए
कुनै ट्रकमा चेपिएर आए
कुनै बाइकमा थेचिएर आए
कुनै डिकीमा डामिएर आए
लामकाने आए, मुसाकाने आए
लौ केटाकेटी हो खसी आए ।

कसैले सिङ समाओ
कसैले खुट्टा समाओ
कानमा समाएर भ्या बनाओ
पुच्छरमा समाएर प्या बनाओ
लौ केटाकेटी हो चोकमा आओ
खसीसँगै रमाओ
म्याँ गर्दै भ्या गर्दै
लौ केटाकेटी हो खसी आए ।

कुनै रोगाएर कुनै भोकाएर
शहरका गल्ली गल्लीमा आए
कुनै पर्वमा पग्रेल्न लगिए
कुनै चुनावमा चाख्न लगिए
सुकुटी बनाएर चपाउन लगिए
जे जसरी भए पनि अघाउन लगिए
सबैले एक एक ओटा दाम्लो समाओ
लौ केटाकेटी हो चाँडो आओ ।

०००
ओखलढुङ्गा
सम्पर्क : ९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x