साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एनआर एन दुलहा

घरको काम सक्दिन गर्न पहिल्यै भन्देछु अफिस जाने तनाव पनि म लिन्न भन्देछु । सासूमाँ सँगै बस्न म हेर मरे नि मान्दिन अलग्ग आफ्नै ठेगाना तिम्रो छ छैन लौ भन ।

Nepal Telecom ad

असारे झ्याउरे लोकछन्द 

अमेरिकामाः
ममी –
आउन छोरा एउटा कुरा जरुरी गर्नुछ
नेपाल गई दुलही एक तिमीले हेर्नुछ ।

छोरा –
ममीको मन जरुर राख्छु नेपाल म जान्छु
नेपाल जाने टिकट पनि अहिले म किन्छु ।

नेपालमा दुलही खोज्दैः
दुलहा –
म टाठो बाठो अम्रिकाबाट नेपाल आएको
सुशील राम्री दुलही खोज्दै म यहाँ धाएको ।

दुलही –
म जस्ती टाठी नेपाल भरि तिमीले भेट्दैनौ
तर छ केही डिमान्ड मेरो मान्छौ कि मान्दैनौ ?

घरको काम सक्दिन गर्न पहिल्यै भन्देछु
अफिस जाने तनाव पनि म लिन्न भन्देछु ।
सासूमाँ सँगै बस्न म हेर मरे नि मान्दिन
अलग्ग आफ्नै ठेगाना तिम्रो छ छैन लौ भन ।

दुलहा –
चीनिया अनि ईटाली पनि खाउँला जहिल्यै
चिटिक्क चिल्लो गाडीमा सधैं घुमौंला जहिल्यै ।
बियर चिसो वाइन मीठो पिउँला कहिले
डिस्कोमा पनि झुमेर हामी नाचौला कहिले ।

दुलही –
बाहिर मात्र खाएर हेर जीवन चल्दैन
कुकिङ गर्न तिम्लाई भन आम्छ आम्दैन ।
घरमा एक कान्छा नि सधैं नभई हुँदैन
पकाको भाँडा मस्कौन भन आम्छ आम्दैन ।

दुलहा –
गन्थन यस्ता जति नै गरे कहिले पुग्दैन
तिमरो मेरो मनमा मिले कसैले रोक्दैन ।
हुन्छ त भन मलाई तिमी प्लेनमा उडौंला
तिमरो लागि यी काम सारा बिस्तारै सिकौला ।

०००
क्यालिफोर्निया, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x