साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको वजन

पद र पैसाबाट जबसम्म नजर हट्दैन तौल उजागर हुने सिलसिला जारी रहन्छ । अनि मात्र स्पष्ट हुन्छ कसको औकात कति छ ? वास्तविक वजन कति छ ?

Nepal Telecom ad

नेताहरू जब रित्तो हुन्छन्
तुलो को पल्ला जस्तै
एकाएक उचालिन थाल्छन् ।
विचारको स्खलनले
नैतिकताको खडेरीले
लाज शरमको अभावले
यदाकदा हुने दुर्घटना र
घटिया दृष्टिकोणले ।

जब
गहकिलोपन स्वाट्टै हराउँछ
त्यसपछि
उनिहरू भित्रको मानवीय तत्त्व
शून्यमा झरिदिन्छ ।
तिनीहरू कपास जस्तै
तर सेतो होइन
मसिनो रेसा सरह
झिनो चित्तको बनि दिन्छन् ।
कागत जस्तै हलुको बन्छन्
एकदम खाली
जसमा केही अक्षर पनि हुँदैनन् ।

जब उनहरूको वजन घट्छ
उनीहरू एकाएक निर्वस्त्र हुन्छन्
उनीहरू भित्रको यथार्थ चित्र
क्रमैसँग दृष्टिगोचर हुन्छ
पारदर्शी सिसाको बाकस जस्तै ।
त्यसपछि त्यहाँ
आवेग डाह ईर्ष्या र नीचता
सल्बलाइरहेका देखिन्छन् ।
कसैका भाषण मार्फत
कसैका कलम मार्फत
कसैका व्यवहार मार्फत ।
यिनका आँखाहरूले
मात्र दुईवटा वस्तुमात्र देख्ने गर्दछ
पद र पैसा ।

पद र पैसाबाट जबसम्म नजर हट्दैन
तौल उजागर हुने सिलसिला जारी रहन्छ ।
अनि मात्र स्पष्ट हुन्छ
कसको औकात कति छ ?
वास्तविक वजन कति छ ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x