साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्चको २३ औँ जमघट

कवि मोतीराम भट्टको १५७ औं जयन्तीको अवसर पार्दै आयोजन गरिएको गोष्ठी मञ्चका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता र वरिष्ठ कवि तथा प्राज्ञ नरनाथ लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न ।

Nepal Telecom ad

काठमाडौं । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको २०७९ भाद्र ३० गते बिहीवार दिउँसो २.०० बजे तेइसौँ प्रविधिमैत्री कविगोष्ठी सम्पन्न भयो ।

राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५७ औं जयन्तीको अवसर पार्दै आयोजन गरिएको गोष्ठी मञ्चका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता र वरिष्ठ कवि तथा प्राज्ञ नरनाथ लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली, गङ्गा लिगल, पुरुषोत्तम सिग्देल र कलानिधि दाहाल हुनुहन्थ्यो । उहाँहरूको उपस्थितिमा रचना वाचन भव्य रूपमा सम्पन्न भयो ।
लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको एक मात्र यस साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा ठूलो योगदान पुर्‍याउँदै आइरहेको छ । मोती जयन्तीको अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, सुसेली, गीत तथा मुक्तक रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे ।समसायिक र राष्ट्रिय भावधाराले ओतप्रोत भएका, जनचेतना मूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचनाहरू प्रस्तुत गरिएका थिए ।

यस अवसरमा रचना वाचन गर्ने स्रष्टाहरूमा क्रमशः नरनाथ लुइटेल, कलानिधि दाहाल, डा बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, गङ्गा लिगल, मुकुन्द शर्मा चालिसे, नारायणप्रसाद पोखरेल, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, टेकबहादुर लौडारी, चूडा निर्भीक, वासु ठकुरी, चन्द्र न्यौपाने, बेनीबहादुर थापा, उर्मिला पन्त, कालीचरण बस्नेत हुनुहुन्थ्यो ।

प्रमुख आमन्त्रित लुइटेलले कविता भावपूर्ण हुनु पर्ने बताउँदै वर्तमानका नेपाली कवितामा छन्द सबैको रोजाइको विषय बनिसकेको उल्लेख गर्नु भयो । आज वाचन गरिएका रचनाले मन्त्रमुग्ध बनाएको बताउँदै कविगोष्ठीमा मोतिराम भट्टलाई सम्झना गरिनुु सान्दर्भिक रहेको चर्चा गर्नु भयो । ‘मोतीरामले नै नेपाली भाषा साहित्यका आदिरत्न भानुलाई चिनाउँदै उनको जीवनी मार्फत योगदान सार्वजनिक गरेका छन् । उनले भानुलाइ अमर बनाएर र आफू पनि अमर भएको’ चर्चा लुइँटेलले गर्नु भयो ।

समीक्षक वरिष्ठ कवि कलानिधि दाहालले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट समीक्षा गर्नु भएको थियो । उहाँले निर्भीक भएर वाचित कविता कविताको गुण दोष केलाउनु भएको थियो । उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको संस्थागत गतिविधि प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो । सम्पूणर् स्रष्टाको गरिमायम उपस्थितिले कर्मदाको कविगोष्ठी सभ्य भव्य शैलीमा सफल बनाउनु हुने सम्पूणर् स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । कार्यक्रमको संयोजन पोखरेल स्वयम्ले गर्नु भएको थियो ।

०००
-जगदीश्वर पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x