साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव आयो

अबको पालिका लागि मेरो प्रस्ताव भन्दछु मान्नुहोला सबै भन्ने यो यौटा आस गर्दछु । बुढा खाडा थाकिसके सबैलाई बिदा गरौँ चालीस मुनिकालाई चुनी कुर्सीहरू भरौँ ।

Nepal Telecom ad

चुनाव आयो नजिकै नेता छन् सल्बलाउँदै
रङ्गीचङ्गी घोषणाका पत्रिका झल्मलाउँदै ।।
कतै भैँसी ढलेका छन् कतै बोतल जाँडका
सुन्दरीका नाच कतै कतै गायन भाँडका ।।

प्रतिज्ञा गरिएका छन् भोलिका सुखका दिन
मानौँ यी शक्तिसंपन्न सक्तछन् जेसुकै दिन ।।
कसैले नगदी दिन्छन् कोही पद दिने भए
कोही बेपार वा ठेक्का मिलाई बक्सने भए ।।

आसै आस लिई चुन्थ्यौँ जसै ती लठुवाहरू
हावा भई बिलाएर जान्थे बाचा कथाहरू ।।
यो आजको दृश्य हैन धेरैपल्ट यसै भयो
जे जे आस गरेका हौँ सारा खेर यसै गयो ।।

अबको पालिका लागि मेरो प्रस्ताव भन्दछु
मान्नुहोला सबै भन्ने यो यौटा आस गर्दछु ।।
बुढा खाडा थाकिसके सबैलाई बिदा गरौँ
चालीस मुनिकालाई चुनी कुर्सीहरू भरौँ ।।

पार्टीका बाँधिएका छन् बँधुवा ती परै रहून्
स्वतन्त्र छानौँ जो आफ्नै बुद्धिले काममा जुटून् ।।
पहिले जे गर्‍यौँ गल्ती अब फेरि नफर्कियोस्
परमेश्वरले हाम्रो बुद्धिमा सुद्धि भर्दिओस् ।।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x