साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फौबन्जार

आजित भयो ऊ । उसका अरू त्यत्रा सामान बिकेको ठाउँमा बल्लतल्ल खोजेर ल्याएको डोकोको अलिकति ‘नैतिकता’ भने कतै बिकाउन सकेन उसले ।

Nepal Telecom ad

“आयो आयो, ल सस्तोमा । अलिकति छ । आयो-आयो ।”
उसको काम बस्ती चहार्दै व्यापार गर्नु । प्रत्येक दिन गाउँ, सहर, बजार सबैतिर कराउँदै हिँड्छ । र, यसरी नै कराइकराई आप्mना सप्पै सामान बिकाउँछ । आज भने निकै ढिला भइसक्दा पनि ऊसँग अलिकति भएको एउटा सामान बिकेन । कराएर डुलेको डुल्यै छ ।

“आयो-आयो, ल सस्तोमा । अलिकति छ । आयो-आयो ।”

भोक लागेका बेला खाजा त ऊ जहाँ जतिखेर पनि खान्छ तर खाना भने घरमै । आज ऊ बिहानको खाजाको भरमा दिनभर हिँडिरहेछ । खुट्टा दुखिसके । ढाड कक्रिइसक्यो । मुन्टो अररिइसक्यो । जिउ गलिसक्यो तैपनि हिँडिरहेछ ।

काठमाडौँको इन्द्रचोक, असन, भोटाहिटी, रत्नपार्क, न्युरोड, सुन्धारा, पुतलीसडक, केसरमहल, लैनचौर जस्ता थुपै्र ठाउँ घुम्यो । पास मिलाएर सिंहदरबार छिर्‍यो । सर्वोच्च परिसर पनि चक्कर लगायो । बबरमहल, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, चाबहिल हुँदै पशुपतिसम्म पनि पुग्यो । भक्तपुर, ललितपुर पनि हानियो । तर, कहीँ बिकेन उसको सामान ।

थकाइले लखतरान भएर काठमाडौँ फर्क्याे । विभिन्न क्याम्पस चहार्‍यो । शिक्षण र स्वास्थ्य संस्थासमेत कहीँ कतै केही बाँकी राखेन । सुरक्षा निकायका कार्यालय छेउछाउ पुगेर’नि करायो । मान्छेका भिडभाड देखेर सपिङ मलतिर पनि धायोे । कहीँ बिकेन । अलिकति ओइलाए पनि सामान जस्ताको तस्तै छ डोकोमा । जो पनि “मलाई यस्तो सामान के काम ?” भन्दै पन्छिन्छन् ।

घाम अस्ताउन एक जुवा समय बाँकी हुँदा पनि ऊ सामान बिकाउने धुनमा छ । ऊ कराउँदै बालुवाटार गयो, बिकेन । शीतल निवास पुग्यो, बिकेन । जबाफ एउटै- “यस्तो सामान यहाँ चाहिँदैन, के काम यो ?”

आजित भयो ऊ । उसका अरू त्यत्रा सामान बिकेको ठाउँमा बल्लतल्ल खोजेर ल्याएको डोकोको अलिकति ‘नैतिकता’ भने कतै बिकाउन सकेन उसले ।

०००
काठमाडौं
२०७७/१/३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x